तुलसी राम पौडेल
सियारी, असोज २
रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर ६ स्थित सिद्दार्थ माध्यमिक विद्यालयमा सहायक बिल्डिङ्ग इलेक्ट्रोनोसियन ,हाते कढाइ ,प्लम्बर ३९० घण्टा तालिम शुरु भयो ।
युनेस्को ,सियारी गाउपालिका र कन्चनजघा पोलिटेक्निक इन्स्िटच्युट नेपाल ( केपिन) को आयोजनामा तालिम शुरु भएको हो।
तालिमको उदघाटन गर्दै सियारी गाउपालिका वडा नम्बर ६ का अध्यक्ष शेर बहादुर गुरुङले सिपमुलक तालिम लिएका व्यक्तिहरुलाइ उद्दमी र रोजगारमुलक बनाउन सियारी गाउपालिका सधैं तयार रहेकोे बताउनु भयो।
सियारी गाउपालिका शिक्षा शाखा प्रमुख सुधिर पौडेलले राज्यलाई आवश्यक पर्ने प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्न यस किसिमका तालिमहरु उपयोगी हुने बताउनु भयो।
सिद्दार्थ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद नेपालले सहभागीहरुलाइ असल सिपयुक्त व्यक्ति बन्न शुभकामना दिनु भयो।
पोलिटेक्निक ईन्स्टिच्युट नेपालका प्रमुख मीन रानाले
कोभिड -१९ बाट प्रभावित बेरोजगार ,बिदेश बाट आएर बसेका महिला ,अति बिपन्न बर्ग ,दलित ,जनजातिहरुको लागि यो तालिम संचालन गरिएको बताउनु भयो। तालिमको लागि ३१ जना प्रशिक्षार्थी सहभागी रहेका थिए ।कार्यक्रमको संचालन केपिनका भगवती पुनले गरेकी थिइन् ।