कपिलवस्तु, असोज ८ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ कोइली खोलामा बुधवार बेपत्ता भएका मध्ये थप एक जनाको शव फेला परेको छ ।
विहिवार विहानैबाट वेपत्ताहरुको खोेजीमा रहनु भएका शशस्त्र प्रहरी बल पिपराका प्रहरी निरिक्षक अर्जुन ढकालका अनुसार अर्घाखाँची घर भएका केशव भाट क्षेत्रीको शव भेटिएको हो ।
खोजी गर्ने क्रममा वडा नम्बर ६ सुठौलीस्थित बाणगँगा नदी किनारमा क्षेत्रीको शव फेला परेको निरिक्षक ढकालले बताउनुभयो । नदी किनारमा तैरिएर रहेको अवस्थामा दिउँसो शव भेटिएको उहाँको उहाँको छ । वेपत्तामध्ये विद्यूत कार्यालय जितपुर शाखाका प्रमुख कृष्ण पौडेलको अवस्था अज्ञात रहेको छ । भलवाडबाट बनगाई आउने क्रममा कजवेमा बुधबार खोलाले जिप बगाउँदा ३ जना वेपत्ता भएका थिए ।
त्यसमध्ये जिप चालक माधव प्रसाद पाण्डेको भने बुधबार साँझ शव भेटिएको थियो । अहिले पनि स्थानीयबासिन्दा, शशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका टोली खोजी कार्यमा लागिरहे पनि बर्षा निरन्तर भएकाले कठिनाइ भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुको कोइली खोलामा बेपत्ता एक जनाको शव फेला
