बुटवल, असोज ९ । पछिल्लो समयका चर्चित गायक, सर्जक तथा हास्यकलाकार श्रिधर अधिकारीको माया प्रेममा आधारित नयाँ गित ‘सोल्टिना’ सार्वजनिक भएको छ । तिजमा टिकटक मार्फत चर्चा बटुलेका श्रिधरले अहिले फेरि नयाँ गित बजारमा ल्यएका हुन । जसमा स्वर श्रिधर र पार्बती आचार्यको रहेको छ भने गितको शब्द संगित श्रिधर आफैले नै गरेका हुन् ।
उक्त गितमा चर्चित मोडल सुमन पौडेल, सनम काउचा मगर, रोशन नेपाली, मनिसा ज्ञवालि, प्रकृति श्रेष्ठले अभिनय गरेका छन् । कलाकारीतामा आफ्नो छुट्टै पहिचान बनाएका श्रिधरले यो गितपनि धेरै दर्शकको मनमा बस्ने अनुमान गरेको बताए । योगेश शाक्यले छायाँकन गरेको गितमा दिपक श्रेष्ठले निर्देशन गरेका छन् ।