बुटवल, असोज १० । अबिरल वर्षाका कारण सिदार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेका अनुसार बुटवल–पाल्पा सडकखण्डमा सानाठुला गरि एक दर्जनभन्दा बढी पहिरोहरु खसेका छन् ।

सिदार्थ राजमार्गको तिनाउ गाउँपालिका–३, कदमबास, सिद्धबाबा, हेडबक्स, पैठेडाडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका स्थानमा ठूलो पहिरो खसेको पाण्डेले बताए । सडक डिभिजन सँगको समन्वयमा दुई तर्फबाट डोजर लगाउन सुरु गरिएको छ । निरन्तर जोखिम सडकको रुपमा रहेको सिद्दबाबा क्षेत्रमा वर्षा सुरु भएदेखि नै दैनिकजसो पहिरो जादा सडक अबरुद्ध हुँदै आएको छ ।