बुटवल, असोज ११ । बुटबलमा क्रियाशिल सहर्षनगर युवा क्लब बुटबल–३ ले चिडिया खोलामा सरसफाइ कार्यक्रम गरेको छ । क्बलले प्रत्येक हप्ता टोलका बिभिन्न ठाउँहरुमा सरसफाइ गदै आएको छ भने यो हप्ता चिडिया खोला बरिपरि सरसफाइ गरेको हो ।
क्लबले विगत देखि नै सामाजिक क्षेत्रमा निकै महत्वपूर्ण कामहरु गदै आएको बिभिन्न अपाङ्क आश्रम गरिब दुखि अनाथ असायहरु लगायत बिभिन्न ठाउँहरुमा सहयोग गदै आएको क्लबका अध्यक्ष राजकुमार पाण्डेले बताए । क्लबले सचेतनाका लागि बिभिन्न ठाउँ सरसफाइ सम्वन्धी सुचनाका पोस्टर सवारि साधन चलाउँदा अपनाउन पर्ने नियम लगायतका सुचना मुलक पोस्टरहरु टासेर सुचना दिने गरेको उनले बताए । क्बले सरसफाइ कार्यलाइ निरन्तरता दिदै यो महिना बृक्षारोपण लगायतका सामाजिक कामहरु गर्ने पाण्डेले बताए ।