बुटवल, असोज २९ । हिन्दुहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर लोक दोहोरी तथा हाँस्यव्यङ्ग्य कलाकार उज्जवल गिरी ‘दानबिर’ले नयाँ दशै विशेष गित ‘दुःखीको दशैं’ सार्वजनिक गरेका छन् ।
उक्त गितमा उज्जवल गिरी र ६ वर्षकी बाल गायीका निष्मा पोखरेलले आवाज दिएका छन् । गायक गिरीको आफ्नै युट्युब च्यानलबाट सार्वजनीक भएको गितमा रामु अर्याल र सुमी घर्ति, चिरन बराल, कृष्ण थापा लगायतले अभिनय गरेका छन् भने लय शब्द गायक गिरीको रहेको छ । यस गितमा छोरा बिदेशमा भएको समयमा सासु ससुराले बुहारी र नातिनीलाई गर्ने व्यवहारलाई चित्रण गर्न खोजिएको छ ।
गुल्मीमा जन्मिएर बुटवललाई कर्मभुमी बनाउदै आएका कलाकार गिरिले गित सङ्गितको बजारमा आप्mनो छुट्टै पहिचान बनाई सकेका छन् । लोकदोहोरी गायक मात्र नभएर एक उर्जाशिल हास्यबङ्ग्य कलाकार पनि हुन मन्द मुस्कान र ठ्ट्यौली स्वभावका उनले थुपै कमेडी भिडियो, टेलिसिरियलमा पनि काम गरीसकेका छन् ।
गित संगितको नाममा पछिल्लो समय बजारमा आएका केही गितहरुले समाजमा नकारात्मक संदेश दिइरहेको बेला आफुले समाजमा दिन प्रतिदिन घट्ने गरेका यथार्थ घटनालाई आधार बनाई दशैं गित बजारमा सार्वजनिक गरेको गिरीले बताए । देश बिदेशमा हुने स्टेज कार्यक्रममा व्यस्त भइरहने गिरिले करिब १ सय ५० बढी म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । विशेष गरि समाजमा भएका विभिन्न बिकृती बिसङ्गतीहरुलाई गित सङ्गितको माध्यम बाट ठाडो प्रहार उनको गितमा झल्केको देख्न सकिन्छ ।
बिगतमा प्रदेसिको पिडा, माया मिसाउने, बढेयो सुनको भाउ माइतै गयर बस, टिकटक भरी हिट, केरा काचो काचो, मम खान जाम, बाल मतलब, केही छैन रमाइलो जस्ता थुप्रै गितहरु बजारमा आइसकेका छन् ।
उज्जवल गिरी ‘दानबिर’को दशैं बिशेष गित बजारमा (भिडियो)
