बुुटवल, कार्तिक १९ । लुम्बिनी प्रदेशका सभामुुख पूर्णबहादुुर घर्तीले तीन वटा गाडी प्रयोग गरिरहेका छन् । ‘फोड’ र ‘टाटा सुुमो’ का दुुई वटा गाडी प्रयोग गरिरहेका घर्तीलाई महामारीकाबीच राज्यकोषबाट फेरि एक करोड रुपैयाँमा अनावश्यक ‘स्कोडा’को महंगो गाडी भित्राइएको छ ।
बा १ झ ९७२९ नम्बरको फोड र बा १ झ २२८४ नम्बर टाटा ‘सुुमो’ गाडी चढदै आइरहेका घर्तीलाई हालसालै प्रदेश ३–०१–००२ झ ५२४४ नम्बरको ‘लक्जरियस’ स्कोटा गाडी ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँमा प्रदेशसभाले खरिद गरी गराएपछि सोही गाडी चढिरहेका हुुन् । अनाश्यक खर्च कटौती र मितव्ययी नीति अगाल्ने प्रदेश सरकारको नीति नारामै सीमित देखिएको हो ।
सशस्त्र द्वन्द्वमा जनताका पक्षमा गीत गुुञ्जाउने कम्युुनिष्ट नेतृत्वबाट आएका सभामुुख घर्तीको गाडी मोह देखेर सांसददेखि कर्मचारी पनि चकित परेका छन् । प्रदेशसभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले सभामुुख घर्ती मातहत तीन वटा गाडी रहेको बताए । अधिकारीले भने, ‘तीन वटै गाडी चालुु अवस्थामा छन् । कुुनै पनि बिग्रिएका छैनन । केही समय अगाडि नयाँ गाडी सभामुुखका लागि भनेर सचिवालयले खरिद गरेको हो ।’ देशको अर्थतन्त्र जति नैं कमजोर भए पनि जनप्रतिनिधिमा अनावश्यक महँगा गाडी चढ्ने मोह भने बढ्दो छ ।
चालु अवस्थामा दुुई वटा गाडी रहेको अवस्थामा फेरि राज्यको ठूलो रकम खर्च गरी महंगो गाडी किन खरिद गनुुप¥यो भन्ने प्रश्नमा प्रदेशसभा सचिवालय जवाफ दिन चाहदैन । सचिवालयका नायव सुुब्बा तथा ‘स्टोर किपर’ दीपेन्द्र पन्थीले किन खरिद गरियो भन्ने विषय आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘मान्यज्यू मातहत तीन वटा गाडी प्रयोगजनमा छन् । अरू कुरा हामीलाई थाहा हुुँदैन ।’
प्रदेशको स्थायी राजधानी र नामाकरण दाङको राप्ती उपत्यका टुंगो लगाएपछि प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ । सभामुख घर्तीले आफूलाई गाडीको मोह नभएको भन्दै पदीय जिम्मेवारीले प्रोट्रोकल अनुसार गाडी राखिएको बताए । उनले भने, ‘सभामुख भएपछि अतिथिहरू आउनुहुन्छ । उहाँहरुलाई लिन जानुप¥यो । म पनि बजार जानुपर्ने हुन्छ । बजार जाँदा अतिथिलाई लिन जाँदा छोडन जाँदा झण्डा हल्लाउदै जानु भएन । मलाई गाडीको कुनै मोह र रहर होइन । पद र जिम्मेवारीले आवश्यकता देखिएर राखिएको हो ।’ सभामुख घर्तीले थपे, ‘मैले नयाँ गाडी ल्याउनुभन्दा अगाडि चढने गाडी पुराना हुन । एउटा शान्ति मन्त्रालय रहँदाको गाडी हो । अर्को पनि पुरानो गाडी हो । हालसालै ल्याइएको गाडी नयाँ हो । त्यो पनि महामारीकाबीच ल्याइएको होइन गत वर्ष नैं खरिद प्रक्रिया अगाडि बढाइएको थियो । महामारीमा खर्च गरेर ल्याइएको होइन ।’
प्रदेशसभा सचिवालयका लागि चालुु आर्थिक वर्ष २०७७÷०७८ का लागि सवारी साधान खरिदका लागि ५७ लाख ५० हजार रुपैयाँ छुुटटाइएको छ । ट्रान्परेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले कानूनले नदिएको कुरा लिएर खानु भ्रष्टचार रहेको बताए । ‘सभामुखले तीन वटा गाडी प्रयोग गर्ने सुविधा कानुुनले दिएको छैन’ रेग्मीले भने, ‘यो राज्यकोषको चरम दोहन हो । संघीयताप्रति नागरिकमा वितिष्णा आउने गरी गरिव मुलुकका नेता नेतृत्वमा पुगेपछि बिलासी बन्दै गएको देखियो । यस्ता गतिविधि अनुसन्धान गरी कारवाही गर्ने नियाक अख्तियार दुरुपोग अनुसन्धान आयोग गुरूडको छाँयामुनि परेको सर्पजस्तै सरकारको छाँयामा प¥यो ।’
पाहुँना र बजार जानका लागि उच्च पदस्थहरुले गाडी थपार्नु गलत भएको रेग्मीको भनाइ छ । ‘सरकारी पाहुँना छन भने, त्यो व्यवस्थापन गर्ने प्रदेशको गृहमन्त्रीले हो । सभामुखले आफ्ना आफ्न्ता बोक्न, स्वकीय सचिवहरुलाई चढाउन गाडी थुर्पान पाइदैन ।’ रेग्मीले भने ।
प्रदेशसभाले सभामुुखदेखि समितिका सभापति र कर्मचारीहरुले चढने गाडी मर्मतमा ५० लाख रुपैयाँभन्दा बढी खर्चिएको छ । प्रदेश सरकार र प्रदेशसभाले दुुई वर्ष अगाडि खरिद गरेका गाडीमा आर्थिक अनियमितता भएपछि सार्वजनिक लेखा समितिले अनुुसन्धान गरी बजार मूल्यभन्दा बढीमा खरिद गरिएका गाडीको रकम फिर्ता गराएको थियो । प्रदेश सरकार र प्रदेशसभाले पहिलो वर्ष नैं खरिद गरेका गाडीमा घोटाला भएपछि अनियमितताको दाग लागेको छ । प्रदेशसभाले हिउदे राजधानी सारेसँगै दाङमै लगेर अस्थायी संरचनामा भए पनि सञ्चालन गर्ने तयारी गरेको छ ।