बुटवल । रुपन्देहीमा छायांकन गरिने चलचित्र भाँडाकुटी टिम तिनाउ नदी बगर हाट थारु बस्तीमा घुमफिर गरेको छ । यो चलचित्र रुपन्देहीमा छायांकनको तयारी गरिएको छ । ‘भाँडाकुटी’ मा ‘बुलबुलका चाेपेन्द्र’ मुकुन भुषाल र बेनिशा हमाललेसँगै अभिनय गर्नेछन् । नायक नायिकाले तिनाउ बगरमा रोमान्स गरेको तस्विर सामाजिक सञ्जालमा निर्देशकले सार्वजनिक गरेका छन् ।
किरण विकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘भाँडाकुटी’ रुपन्देहीका शहरी तथा ग्रामीण क्षेत्रहरुमा निर्माण हुने फिल्म यूनिटले जानकारी गराएको छ । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्देशक एवम् कलाकारहरुको सहभागितामा बुटवलमा एक समारोहका बीच औपचारिक घोषणा गरिएको हो । चलचित्र भाँडाकुटी आउँदो फागुनमा बुटवल, तिलोत्तमा लगाएत आसपासका क्षेत्रहरुमा छायाँकन गरिने निर्देशक किरण बिकले जानकारी गराए । अन्तरजातीय वैवाहिक परिवेश सहितको सामाजिक कथामा निर्माण हुन लागेको चलचित्र कलम खड्काले निर्माण गर्न लागेका हुन् ।
चलचित्र पत्रकार संघ , रुपन्देहीको आयोजनामा भएको घोषणा तथा पत्रकार भेटघाट समारोहमा निर्देशक बिकले युवाहरुको समूहले सामाजिक परिवेशमा आधारित चलचित्र बनाउन लागेको बताउँदै उत्कृष्ट बन्नेमा विश्वास रहेको जनाए । सो अवसरमा नायक मुकुन भुषाल र नायिका बेनिशा हमालले पुरानो परम्परा र सोँचलाई नयाँ पुस्ताले चलचित्रमार्फत प्रस्तुत गरिने कथा अनुसार बन्न लागेको बताउँदै आफूहरुले उत्कृष्ट प्रस्तुती दिने बताए ।
फिल्ममा राज कुमार दर्जीको कोरियोग्राफ्री र भीम विकको सम्पादन रहने छ । फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् । करिब एक करोड रुपैयाँ लगानीमा नयाँ टिमले फिल्म भाँडाकुटी निर्माण गर्न लागेका हुन् ।