बुटवल, मंसिर १० । रोट्रयाक्ट क्लव अफ सेन्टल लुम्बिनी को आयोजनामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । लुम्बिनी स्थित मधुवनी सामुदायिक सिकाइ केन्द्र मा विद्यार्थी एवम् सर्वसाधारण लागि निःशुल्क आँखा शिविरको आयोजना गरिएको क्लवले जनाएको छ । शिविरमा करिब १ सय २० जनाको चेकजाँच गरिएको हो ।
जनस्तरमा आँखाको स्याहार कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने उद्धेश्यले परामर्श सहित आँखा परिक्षण कार्यक्रम गरिएको क्लवका अध्यक्ष रो बाबुराम खनालले जानकारी दिनुभयो ।
क्लवले सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयमा तथा सर्वसाधारण लागि निःशुल्क आँखा शिविरको आयोजना गर्नु महत्वपुर्ण बिषय रहेको लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं १० का नगरप्रमुख मनमोहन चौधरी बताउनुभयो । नगरप्रमुख चौधरीले आगामी दिनमा पनि क्लवले सहयोग गर्नेमा विश्वास व्यक्त गर्दै उदाहरणीय कार्य गरेको मा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रम क्लवका अध्यक्ष बाबुराम खनाल को अध्यक्षता, लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं १० का नगरप्रमुख मनमोहन चौधरी प्रमुख आतिथ्यता, नुर आई केयर का सञ्चालक डा. रमेश सहानीको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो ।
क्लवका सचिव सुमित कसोधन को संचालनमा सम्पन्न शिविरमा विद्यार्थीहरु तथा सर्वसाधारण हरु लाई निःशुल्क औषधीहरू र १० थान चस्मा पनि वितरण गरिएको थियो । उक्त शिविर शमसुद्दीन शेखको संयोजनमा सफलतापूर्वक सम्पन्न भएको थियो ।