पार्बती आचार्य
कपिलबस्तु मंसिर १३ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीको टोलिले अवैध रुपमा नेपाल ल्याउँदै गरेको ५ सय किलो माछा बरामद गरी नष्ट गरेको छ । १० वटा क्यारेटमा रहेको २ लाख ४० हजार रुपैंया मूल्य बराबरको माछा शुद्धोधन गाउँपालिका वडा नं. ५ हथिहवा दोहोनी स्थित भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
१० वटा साईकलमा १० वटा क्यारेटमा रहेको माङगुर जातको माछा र साईकल जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो । माछा ल्याउने व्यक्तिहरू प्रहरीको टोलीलाई देखेपछि माछा र साईकल छाडेर फरार भएका थिए ।
उक्त माछा र साईकल प्रहरीको टोलीले नियन्तरणमा लिई कार्यालयमा ल्याई माछा स्थानिय जनप्रतिनिधी र पत्रकारको रोहबरमा नष्ट गरीएको छ भने १० वटा साईकल भन्सार कार्यालय पठाउने पहल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
२ लाख ४० हजार मूल्य बराबरको माछा नष्ट
