तुलसी राम पौडेल
फर्साटिकर,पौष २१
रुपन्देहीको शुद्दोधन गाउपालिला -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा शुद्दोधन गाउपालिला आठौ फर्साटिकर कप फुटबल प्रतियोगितामा मंगलवार वाण गङ्गा वेलफेयर सोसाइटी ४ नम्बर जितपुर भर्सेस चादनी युवा क्लब दानापुर बीच अन्तिम क्वाटर फाइनल खेल प्रतियोगिता भएको थियोे ।सम्पन्न प्रतियोगितामा चादनी युवा क्लब दानापुरले ट्राइब्रेकरमा शुन्यका विरुद्ध ३ गोलको अन्तरले वाण गङ्गा वेलफेयर ४ नम्बर जितपुरलाइ पराजित गरि चादनी युवा क्लब दानापुर सेमिफाइनलमा प्रवेश गरेको छ।निर्धारित समयमा दुवै पक्षबाट १-१ गोल मात्र भएकोले खेल ट्राइब्रेकरमा गएको हो ।
मंगलवारको खेलको म्यान अफ द म्याच घोषित चादनी युवा क्लबका गोलकिपर दिपक परियारलाइ फर्साटिकर युवा क्लबका लेखा संयोजक भेषराज पौडेलले प्रदान गर्नु भयो ।
बुधबारको प्रहिलो सेमिफाइनल खेल फुलबारी गायज बुटवल भर्सेस सुनौलो सङ्गम देविनगर बिच प्रतियोगिता हुने खेल संयोजक टेकु भण्डारीले बताउनु भयो ।