पार्बती आचार्य
कपिलवस्तु, पुस २२ । जिल्ला समन्वय समिती कपिलवस्तुले चौथो वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७६÷०७७ को बार्षिक समिक्षा जिल्ला समन्वय समितीको आयोजनामा एक कार्यक्रमका बिच तौलिहवामा सम्पन्न भएको हो । समिक्षा कार्यक्रमका प्रमुख अतिथी एवं सामाजिक बिकास समितीका संयोजक दिर्घ नारायण पाण्डेयले जिल्लाको सम्रग बिकासको लक्ष्यलाई अगाडी बढाउन सबै एकजुट हुन आबश्यक भएको बताए । जिल्लाको वास्तविक आबश्यकता के हो ? प्रदेशले के गर्ने र संघले के गर्ने भन्ने बिषयलाई समेटेर अगाडी बढेमा समिक्षा कार्यक्रमको सार्थक हुने संयोजक पाण्डेयले बताए । आफ्ना उपलब्धिहरुलाई उजागर गर्नकालागि एक माध्यम भएको बताउँदै आगामी दिनहरुमा सबैसंग समन्वय गरेर जिल्लाका बिकास निर्माणका चुनौतीहरुलाई सामना गर्दै अगाडी बढ्न आग्रह समेत गरेका छन् ।
प्रदेश सांसद धर्म बहादुरलाल श्रीवास्तव, माला गोतामेले स्थानियतहहरुले प्रस्तुत गरेको प्रगती प्रतीबेदनको प्रशंसा गर्दै आगामी दिनहरुमा जनताको माग अनुसारको र लक्षित क्षेत्रको माग अनुसार कार्यक्रमहरु संचालन गर्न स्थानियतहलाई आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल, स्थानियतहको तर्फबाट मायाँदेबी गाउँपालिकाका अध्यक्ष बजरंङ्खी प्रसाद कुर्मी लगाएतले मन्तब्य दिदै समन्वय समितीले प्रदेश र संघिय सरकारसंग आवश्यक समन्वयकालागि भूमिका खेल्नुपर्ने बताए । समन्वय प्रमुख नारायण प्रसाद खनालले जिल्ला समन्वय समितीको भूमिका समन्वय एवं अनुगमन भएकोले सोही अनुसार कार्यहरु गर्दै आएको बताए । उनले स्पष्ट कानुनको अभावका कारण समन्वय समितीलाई कार्य सम्पादनमा चुनौती देखिएको भन्दै प्रदेश र संघिय सरकारले कानुनकालागि पहल गर्नुपर्ने बताए ।
जिल्ला समन्वय अधिकारी कृष्ण प्रसाद गौतमले जिल्ला समन्वय समितीको काम कर्तब्य र अधिकार, जिल्ला सभाको बजेट, आर्थिक बर्ष ०७६÷०७७ मा सम्पादीत प्रमुख कार्यक्रमहरु, गत आवको आय व्यय बिवरण, प्रदेश सरकार तथा संघिय सरकारको अपेक्षा र आर्थिक बर्ष ०७६÷०७७ मा जिल्ला समन्वय समितीबाट संचालन भएका कार्यक्रमहरुको प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । सो समिक्षा कार्यक्रममा १० स्थानियतहका प्रमुख प्रशासकिय अधिकृतहरुले पालिकामा गरिएका कार्यहरुको प्रगती बिवरण प्रस्तुत गरेका थिए । यस्तै डिभिजन बन कार्यालय कपिलबस्तुका प्रमुख, डिभिजन वन कार्यालय चन्द्रौटाका प्रमुख , सिंचाई कार्यालयका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।
यस्तै समिक्षा कार्यक्रममा प्रदेश सभा सदस्यहरु सहसराम यादव, माला गोतामे, धर्म बहादुर लाल श्रीवास्तव, बिष्णु पन्थी, अर्जुन केसी, सान्तीदेवी स्वर्णकार र १० स्थानियतहका प्रमुखहरु, उप प्रमुखहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, जिल्ला प्रहरी कार्यालयका प्रमुख, समन्वय समितीका पदाधिकारीहरु, कर्मचारीहरु र संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालको अध्यक्षतामा उप प्रमुख तारामती चौधरीको स्वागत मन्तब्य तथा समन्वय अधिकृत भुमिराम पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।