तुलसी राम पौडेल फर्साटिकर, पौष २५ प्याब्सन दिवसको शुभ अवसरमा प्याब्सन बुटवलद्वारा बुटवलमा रहेको निलकन्ठधामको श्री संतोषी माता गुरुकुल बिद्याश्रममा स्टेशनरि तथा स्टिल दराज हस्तान्तरण गरियो ।उक्त कार्यक्रममा प्याब्सन केन्द्रिय प्रागिक सल्लाहाकार लोकनाथ उपाध्याय,केन्द्रिय सद्स्य टिकाराम न्यौपाने, लुम्बिनी प्रदेशका सचीव लालहरी पान्डे जिल्ला सह सचिब कपिलमणि ढकालले आ-आफ्नो धारणा राख्नु भयको थियो। नगर अध्यक्ष कुलराज शर्माको अध्यक्षता तथा नगर सचीव मित्र हरि आचार्यको संचालनमा भयको उक्त कार्यक्रममा उपाध्यक्ष कुलानन्द पान्डेले स्वागत मन्तव्य राख्नु भयको थियो ।
प्याब्सन दिवसको अवसरमा गुरुकुल बिद्दाश्रमलाई स्टेसनरी तथा स्टिल दराज हस्तान्तरण
