पार्बती आचार्य
कपिलवस्तु, पुस २८ । जिल्ला समन्वय समिती कपिलवस्तुको तेस्रो भेला सम्पन्न भएको छ । समन्वय समितीको आयोजनामा मंगलबार तौलिहवामा एक कार्यक्रमका बिच भेला सम्पन्न भएको हो । भेलाले नगरपालिका र गाउँपालिकाले के कती कामहरु सम्पन्न गरेका छन् भन्ने बिषयमा छलफल गरेएको थियो । बिकास निर्माणका काम र भौतिक बिकासका काम मात्र नभएर सामाजिक सुधारकालागि पनि कार्यक्रमहरु गर्नु पर्छ भन्ने निर्णय गरिएको जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालले बताए ।
यस्तै भेलाले पुर्ण बालबिवाह मुक्त घोषणा गर्ने, पुर्ण खोप जिल्ला घोषणा गर्ने, पुर्ण भर्ना अभियान घोषणा गर्ने र पुर्ण साक्षरता घोषणा गर्ने निर्णय गरेको छ । जनताको चाहना धेरै छ तर बजेट कम भएको हुँदा बिकास निर्माणका कामहरु भन्दा पनि सामाजिक बिकास क्षेत्रमा सुधार गर्नुपर्छ भन्ने उद्देश्यका साथ निर्णयहरु पास गरिएको हो । समन्वय समिती कपिलवस्तुद्वारा २१ वटा नितीहरु प्रस्तुत गर्दैै नेपालको संबिधान र स्थानिय सरकार संचालन ऐन बमोजिम स्थानिय तहको एकल अधिकार तथा संघ र प्रदेशसंगको साझा अधिकारका बिषयमा संघिय र प्रदेश कानुन नबनेका कारण स्थानिय पालिकाहरुले कानुन बनाउन कठिनाई परेको हुँदा संघिय र प्रदेश कानुन यथासिघ्र बनाई दिन संघिय र प्रदेश सरकारलाई अनुरोध गरिएको छ । जिल्ला भित्रका प्राकृतीक श्रोत ब्यबस्थापन अनुगमन र समन्वय गर्न आबश्यक समिती तथा उप समिती गठन गरी कार्यान्वयन गरिने छ भन्ने निती प्रस्तुत गरिने छ । जिल्ला भित्रका तथ्यांक तथा सुचनालाई ब्यबस्थित गर्न प्रदेश कानुन बमोजिम जिल्ला समन्वय समितीमा सुचना तथा अभिलेख शाखा स्थापना गरी संचालन गरिने छ ।
यस्तै जिल्ला खुल्ला दिशा मुक्त घोषणा भई सकेको हुँदा सबै नगरपालिका र गाउँपालिकाले पुर्ण सरसफाई युक्त गाउँ, नगर जिल्ला बनाउन आबश्यक कार्ययोजना कार्यान्वयन गरिने छ । यसैगरी बालमैत्री जिल्ला घोषणा गर्ने सम्बन्धमा हाल बालमैत्री स्थानिय शासन अवलम्बन गरेका नगरपालिका र गाउँपालिकालाइृ अन्य सहयोगी संघ संस्थाहरुले सहकार्यमा कार्यक्रम संचालन गर्न जिल्ला समन्वय समितीले आबश्यक समन्वय र अनुगमन गरी सहजी करण गर्ने छ । बहुक्षेत्रीय पोषण कार्यक्रम सम्बन्धमा एक घर एक करेसाबारीको अवधारण सबै स्थानिय तहमा क्रमश अगाडी बढाईने छ । मातृ शिशु, बाल्य र किशोरी अवस्थामा हुने सुक्ष्म पोषण तत्वको कमीमा सुधार ल्याउन सामाजिक सुरक्षा कार्यक्रममा पोषणलाई समाबेश गरी लागु गरिने छ । र पुर्ण खोप जिल्ला घोषणा अभियानलाई प्रभावकारी बनाउन आबश्यक प्रकृया अगाडी बढाउने लगाएतका नितीहरु पारित गरिएको समन्वय समितीका प्रमुख खनालले जानकारी दिए ।
अहिले सम्म बिकास निर्माण तर्फ बाटोघाटो र पुलपुलेसा निर्माण तर्फ मात्र लागि परेको हुँदा सामाजिक सुधार तर्फ त्यती ध्यान जान सकेको छैन । आफ्नो क्षेत्रका बिपन्न बस्तीहरुमा सचेतना मुलक कार्यहरु संचालन गरी समाजिक क्षेत्रमा लगानी लगाई बिकास गर्न स्थानियतहलाई समन्वय समितीले आग्रह गरेको छ । यसैगरी आर्थिक बर्ष ०७६÷०७७ को प्रस्तावित तथा यथार्थ खर्च र आर्थिक बर्ष ०७७÷०७८ को प्रस्तावित बिवरण र ०७६÷०७७ को अनुमान तथा यथार्थ र ०७७÷०७८ को अनुमान आय बिवरण र बजेट तथा कार्यक्रम समन्वय समितीका उप प्रमुख तारामती चौधरीले प्रस्तुत गरेकी थिईन् ।
उक्त कार्यक्रममा शिवराज नगरपालिकाका मेयर नेत्र अधिकारी , मायाँदेबी गाउँपालिकाका उप प्रमुख गिता तिवारीले एक बर्ष भित्र भएका कामको बारेमा जानकारी दिंदै स्थानियतहहरुले कामगर्ने क्रममा भएका गल्तीलाई सुझाव दिई शसक्त गराउन समन्वय समितीले पहल गर्नुपर्ने बताएका थिए । कार्यक्रम समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालको अध्यक्षतामा सम्पुर्ण पालिकाका प्रमुख, उप प्रमुख, अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितीका सदस्यहरु, समन्वय अधिकारी कृष्ण प्रसाद गौतम लगाएतको उपस्थिती रहेको थियो । सो कार्यक्रममा समन्वय समितीका उप प्रमुख तारामती चौधरीको स्वागत मन्तब्य तथा समन्वय अधिकृत भुमिराम पोखरेलको संचालनमा सम्पन्न भएको थियो । उपस्थित सम्पुर्ण सहभागिलाई समन्वय समितीका सदस्य तेजबहादुर रायमाझीले धन्यबाद दिएका थिए ।