पार्बती आचार्य
कपिलवस्तु, फागुन १६ । बाणगंगा नगरपालिका–९ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूह बक्सिसपुरको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समुहका कोषध्यक्ष नेत्र खनालले ०७६÷०७७ को आम्दानी खर्चको प्रतिबेदन प्रस्तुत गर्दै ६ लाख २४ हजार ८ सय ९१ रुपैंया ७१ पैसा सार्बजनिक गरेका हुन् ।
यस्तै ०७६÷०७७ को सामाजिक तथा प्रगती प्रतिबेदन समुहकी सचिव रेखा खत्रीले गरेकी थिईन् । आर्थिक वर्ष ०७७÷०७८ को अनुमानित कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै १३ लाख ६२ हजार १ सय ९१ रुपैंया ७१ पैसा बराबरको अनुमानित आम्दानी खर्च सार्वजनिक गरेकी हुन् । कार्यक्रमका प्रमुख अतिथी एवं सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बसन्त थापाले १८औं वार्षिक साधारण सभाको शुभकामना दिंदै अब वनले नयाँ कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए । नदि कटान भुक्षय क्षेत्रमा बृक्षरोपण गरी संरक्षण गर्नकालागि आर्थिक सहयोगका लागि डिभिजन वन कार्यालय तौलिहवामा पहल गर्ने बताए । यसैगरी उनले बन डढेलो नियन्त्रणकालगि समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरी नगर वन महासंघका सदस्य दुर्गा पौडेलले वनको उत्तरोत्तर प्रगतीको शुभकामना गर्दै यस सामुदायिक वनलाई संरक्षण गर्न सबै एक जुट भएर लाग्नु पर्ने बताए । कार्यक्रम कालिका सामुदायिक वनका अध्यक्ष मित्रलाल पौडेलको अध्यक्षता समूहका सह सचिव दुर्गा अर्याल मरासिनीको स्वागत तथा समूहका सचिव रेखा खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा समूहका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।