बुटवल, फागुन १९ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगिकुटी स्थित हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारि संस्थाले आफ्नो एकिकृत पहिलो स्थापना दिवस मनाएकोे छ । स्थापना दिवसको अवसरमा सहकारीले एक कार्यक्रमका बीच ७० वर्ष उमेर पुगेका शेयर सदस्य तथा शेयर सदस्यका बुवा आमाहरुलाई सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष लोकनाथ पाण्डेको अध्यक्षता तथा निवर्तमान अध्यक्ष गुरुप्रसाद पौडेलको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको कायर्कमा ७० वर्षदेखि ९१ वर्ष सम्मका ३३ जना शेयर सदस्य तथा शेयर सदस्यका आमा बुवालाई सम्मान पत्र, दोसल्ला र नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष लोकनाथ पाण्डेले सहकारीमार्फत रचनात्मक काम गर्न सकिने बताए । संस्थाका सदस्यहरु एकताबद्ध भएर अगाडी बढ्न सकियो भने समाजमा फरक काम गर्न सकिने उनले बताए । कार्यक्रममा पूर्व अध्यक्ष वेलप्रसाद शर्मा, उमाकान्त चापागाईँ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै स्थापना दिवसको अवसरमा केहि समय पहिला सम्पन्न भएको अधिवेसनमा गठीत निर्वाचन उपसमितिका संयोजक डिलाराम तिवारी, सदस्य यमप्रसाद पोखरेल र उमाकान्त चापागाईँलाई पनि सम्मान गरीएको थियो । संस्थाका उपाध्यक्ष होमप्रसाद शर्माको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव तोलाकान्त डुम्रेले गरेका थिए । हाल उक्त सहकारीमा एक हजार सात सय ८६ जना शेयर सदस्य रहेका छन् ।