बुटवल, फागुन २०। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) रुपन्देहीले बिहिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । शहिद सप्ताहाको अवसर पारेर अनेरास्ववियू रुपन्देही सहसंयोजक विष्णु खत्रीको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियू रुपन्देहीले हरेक वर्ष शहिद सप्ताहाको अवसर पारी विद्यार्थीहरु बीच विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम गर्दै आइरहेकोे छ ।
रक्त सञ्चार केन्द्र भैरहवाको प्राविधिक सहयोगमा बुटवलस्थित सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ४० यूनिट रगत संकलन भएको अनेरास्ववियूका विद्यार्थी नेता तथा कार्यक्रम संयोजक सपन पौडेलले जानकारी दिए । त्यस्तै बुटवल–११ देबिनगरमा रहेको नेपाल अपांग आश्रममा फलफूल तथा अण्डा सहयोग गरेको पौडेलले बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङ, पार्टी सचिव निर्मल जिसी, नेकपाका नेता टंकमनि बन्जाडे तथा विद्यार्थी फ्याक्सन सहइन्चार्ज केशर थापा (विष्णु) लगायतको उपस्थिति रहेको थियो ।