सुनिल आचार्य
कपिलवस्तु फागुन २० । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलबस्तुको आयोजना तथा बाणगंगा मानव अधिकार समुहको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार बाणगंगा नगरपालिकामा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तरगत सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा इन्सेक लुम्बीनी प्रदेश कार्यक्रम संयोजक सरस्वती मल्लले इन्सेकले गर्दै आएका कार्यक्रमको प्रभावबाट नागरिकहरुले राहत पाउँदै आएको बताइन । नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको आधारभूत आवश्यक्तालाई व्यविस्थत गर्नुपर्ने कार्यक्रमका सहभागीलेहरुले जोड दिएका छन् । अझैपनि नागरिकहरुको शिक्षा, स्वास्थ्यमा पहुँच नपुगेको भन्दै यस तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । बाल मावि बैरियाका बाल अधिकार सेचतना समुहकी अध्यक्ष प्रतिक्षा गैरेले सरकारले विद्यालयमा निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भने पनि विद्यालयमा महिनावारी हुँदा मात्र एक पटकमा एउटा मात्र प्याड पाईने हुदा त्यो अपुग भएको हुदा आवस्यकता अनुसारको प्याडको ब्यवस्था मिलाउन आग्रह गरीन् ।
यस्तै सेवागाहीहरुले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नु पर्ने, आधारभुत शिक्षा निःशुल्क अनिवार्य र मावि शिक्षा निशुल्क भनिए पनि विभिन्न बाहानामा सरकारी विद्यालयहरुले शुल्क लिने गरेको गुनासो गरेका थिए । यसै गरि सेवाग्राहीहरुले स्वास्थ्य अधिकारको सवालमा स्वास्थ्य चौकिहरुमा प्रेसर र सुगरको चेकजाचँ तथा औषधी निशुल्क गराउनु पर्ने माग गरेका थिए । यस्तै स्वास्थ्यका हिसावले प्लास्टकिको प्रयोग बन्द गर्नु पर्ने फोहर व्यवस्थापन हुनुपर्ने सवाल उठाएका थिए । कृषिको सवालमा छाडा पशु नियन्त्रण, विषाधीको प्रयोग र विक्रि वितरणमा नियन्त्रण र अनुगमन, खाद्य बस्तुमा हुने मिसावटको अनुगमन गर्नु प्रर्नेमा जोड दिएका थिए ।
यस्तै पशुको कृतिम गर्भधारण गराउने सुई निशुल्क उपलब्ध गराउनु पर्ने, र आवासको अधिकार अन्तरगत खरका छाना मुक्त कार्यक्रम नगर स्तरमा लागु गरि कार्यानवय गर्नु पर्ने लगाएतका सवालमा सेवा प्रदायकलाई सुझाव दिएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सेवा ग्राहीले उठाएका सवालमा शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले शिक्षाको अवस्था विषयमा नगरपालिकाले गरेका काम तथा योजनाका वारे जानकारी गराउदै नागरिकहरुवाट आएका सुझावलाई अगिंकार गरेर अगाडी बढने प्रतिबद्धता जनाउनु भएको छ । यस्तै स्वास्थ्य शाखा प्रमुख ठग प्रसाद पौडेलले नागरिकका गुनासा नआउने गरि काम गरेको बताउनु भएको छ आएका सुझावहरु आगामी वर्षमा संम्बोधन गर्ने प्रतिबद्धता जनाए । पशु शाखा प्रमुख राजकुमार तिवारीले र कृषि शाखा प्रमुख लेष बहादुर केसिले सेवा ग्राहीले उठाएका सुझावलाई आगामी वर्ष भित्रमा सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका प्रमुख अतिथी नगरपालिकाका मेयर मंगल प्रसाद थारुले नगरवासीहरुको स्वास्थ्य, शिक्षा, खाद्य र आवासमा देखिएका समस्याहरुलाई समाधान गर्न आफु लागि परेको बताए । उहाँले शिक्षामा सुधार गरिएको र बाणगंगा नगरपालिका पुर्ण विद्यार्थी भर्ना घोषणा गरिएको, पुर्ण खोप घोषण सँगै बालमैत्री शासन पालिका घोषणाको तयारी रहेको बुद्धशिक्षा, मर्दशा शिक्षा, संस्कृत शिक्षा जस्ता विषयमा पढाई शुरु भएको, तीनै प्रकारका अपागंता भएका वालबालिकालाई पढाई लेखाईको संचालन गर्ने एक मात्र नगरपालिका बाणगंगा रहेको बताए ।
फोहर व्यवस्थापन, व्यवस्थित बस पार्क, खरका छानामुक्त तथा जनता आवास कार्यक्रम र सुरक्षित आवासका कार्यक्रम संचालनमा रहेको खाध्यवस्तुमा हुने मिसावटको बेलाबेलामा अनुगमन गरिएको कृषकका लागी प्रयाप्त मात्रामा रासायनिक मलको व्यवस्था गरिएको लगाएका विषयमा सेवाग्राहीले उठाएको विषयका बारे जानकारी गराएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रम मानवअधिकार समुहको अध्यक्ष इन्दिरा भट्टटराईको अध्यक्षता र इन्सेक सहजकर्ता नन्दराम पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा इन्सेकले गर्ने कार्यक्रम तथा कार्यक्रमको उद्देश्य माथि इन्सेक लुम्बिनी प्रदेश कार्यक्रम संयोजक सरस्वती मल्लले जानकारी दिएकी थिइन ।