प्रकाश आचार्य
बुटवल, । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलले मिर्गाैला रोगको उपचार गर्ने उपकरण थप गरेको छ । अस्पतालले मिर्गौलाको डाइलाइसिस गर्ने ११ वटा नया“ उपकरण (मेसिन) थप गरेको हो । अहिले ६ वटा उपकरणबाट डायलाइसिस सेवा दि“दै आएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले ११ नया“ उपकरण (मेसिन) थप गरी उपत्यका बाहिर पहिलो पटक १७ वटा मेसिनबाट मिर्गौलाको डाइलाइसिस सेवा प्रदान गरिने जानकारी दिए । अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी सेवा थप गर्न लागिएको जानकारी दिएको हो । अब प्रत्येक दिन ५१ जना सम्मका बिरामीलाई डाइलाइसिस गर्न सकिने भएको छ । शनिबार बाहेक मिर्गौला सम्बन्धी बिरामीले एक दिन बिराएर हस्तामा तीन दिन डाइलाइसिस गर्न सकिने छ ।
२०७० पुस १० गतेदेखि आफ्नो सेवा सुरू गरेको अस्पतालले २०७२ भदौ २ गतेदेखि मिर्गौला उपचार केन्द्र स्थापना गरी मिर्गौला रोग (नप्रोलोजिष्ट) विशेषज्ञ सहित ६ वटा मेसिनबाट उपचार गर्दै आइरहेको थियो । स्वास्थ्य मन्त्रालयको उपलब्ध रकममा उक्त उपकरणहरू खरिद गरिएको आलमले जानकारी दिए । अस्पतालले सरकारबाट अनुदान स्वरूप ३ करोड ८२ लाख रूपैया“ प्राप्त गरेको थियो । शुक्रबारदेखि सरकारले मुटु अस्ताललाई निःशुल्क डाइलाइसिस सेवा प्रदान गर्ने अनुमति समेत दिएको छ ।
अस्पतालले १ सय २८ स्लाइसको सिटी स्क्यान गरिद गर्ने बताएको छ । यस क्षेत्रमा अहिलेसम्म १६ स्लाइस भन्दा बढी क्षमताको कुनै पनि सिटी स्क्यान छैन् । त्यस्तै अस्पतालले लिंदै आएको शुल्कमा पनि परिवर्तन गरेको छ । ओपिडी टिकट शुल्क १ सयबाट घटाएर ५०, इकोको १ हजार ५ सयबाट घटाएर १ हजार २ सय, इसिजी २ सय ५० बाट २ सय, कायम गरिएको अस्पतालका सचिव दिनेशराज रेग्मीले जानकारी दिए । आगामी दिनमा पनि अझै शुल्क घटाउ“दै लैजाने बताएको छ ।
त्यस्तै जनरल हेल्थ चेकअप प्याकेज ४ हजार ५ सय ५० बाट घटाएर ४ हजार ४ सय, फूलबडी चेकअप प्याकेजमा ७ हजार ५ बाट ७ हजार २ सय, शनिबार थाइराइड परीक्षण ५ सय, सुगर र ब्लडप्रेसर, १० रूपैया“ कायम गरिएको छ । त्यस्तै अस्पतालले ३ सय ६५ दिन नै ओपिडी सेवा सञ्चालन गरिने बताएको छ । अस्पतालले प्रत्येक वर्ष उपकरण र विभागीय सेवाहरू थप गर्दै लगेको छ । अस्पतालका मिर्गाैला रोग विशेषज्ञ डा. शक्ति बस्नेतले उच्च रक्तचाप र मधुमेहका कारण मिर्गौलाका फेल हुन सक्ने भन्दै वर्षमा दुई पटक रगत र पिसाब जा“च गर्न सबैलाई आग्रह गरे । त्यसको लागि नुन कम खाने, प्रशस्त मात्रामा पानी पिउने, प्रत्येक दिन आधा घण्टा पसिना आउने गरी हिडने गर्दा यो समस्याबाट बच्न सकिन्छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ,रूपन्देहीका अध्यक्ष शेरबहादुर केसीले मुटु अस्पतालले अब बुटवलमा ट्रर्मा सेन्टर स्थापनाको पहल पनि थाल्नुपर्ने बताए । उनले शिक्षा, व्यापार जस्तै बुटवल स्वास्थ्यको पनि केन्द्र बन्दै गइरहेको बताउ“दै अब यस क्षेत्रमा ट्रर्मा सेन्टर स्थापनका लागि सबै उद्योग, व्यापारी र सरोकारवाला निकायले पहल थाल्न आवश्यक रहेको बताए । अस्पतालले क्याथल्याब सञ्चालनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । रूपन्देही उद्योग संघको पहलमा अस्पताल स्थापना गरिएको हो । अस्पतालले रामनगर सामुदायिक वनमा जग्गाको लागि पहल गरेको छ । उक्त स्थानमा ७ विगाहा जग्गाको लागि पहल गरिएको हो ।
मुटु अस्पतालमा थपिए डाइलाइसिसका उपकरण
