सनिउल्ला धोबी
कपिलवस्तु, । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले कपिलवस्तुको बहादुरगन्जमा रहेको स्युराज स्मारक समुद्घाटन गरेका छन् । नेपाली सेनाका प्रधानसेनापति क्षेत्रीले ऐतिहासिक कालखण्ड र घटनाक्रम ऐतिहासिक रुपमा परिचित स्यूराज स्मारकको समुद्घाटना गरेका हुन् । स्युराज क्षेत्रमा अनेकौ घटनाहरु महत्वपूर्ण रहेको भन्दै सो क्षेत्रलाई पार्क बनाइएको छ । सो
समुद्घाटना कार्यक्रममा नेपाली सेनाको महिला संघको अध्यक्ष रिता
क्षेत्री,राष्ट्र विकास तथा सुरक्षा महानिर्देशक उपरथी अनुजबहादुर बस्न्यात,पश्चिम पृतनापति उपरथीजगदिश चन्द्र पोखरेल, २२ नं बहिनीका सहयाक रथी राजु बस्न्यात, प्रमुख जिल्ला अधिकारी विष्णु प्रमुख ढकाल, स्थानीय विकास अधिकारी चन्द्र कान्त न्यौपाने, सुरक्षा निकायका प्रमुख , सरकारी कार्यालयका प्रमुख लगायत उद्योगी व्यापारी, समाजसेवी पत्रकारहरुको सहभागिता रहेको थियो । कपिलवस्तुको बहादुरगन्जमा रहेको स्युराज स्मारक ऐतिहासिक रुपले
अत्यन्त महत्व बोकेको लामो समयसम्म ओझेलमा परेकोले मर्मत सम्भार गरी एक स्मारकको रुपमा विकास गरिएको हो । नेपाली सेनाले गरी गर्नका लागि स्मारकको बनाइएको हो । बृगेडियर जनरल डा. प्रेमसिंह बस्न्यातद्वारा लिखित नेपाल अंगे्रज युद्धको २०० वर्ष ऐतिहासिक पुस्तकलाई मुख्य आधार बनाएर स्युराज क्षेत्र विगतको समयमा एउटा महत्वपूर्ण गौडाको रुपमा प्रयोग भएको
थियो ।
स्युराज क्षेत्र कृष्णनगर–चन्द्रौटा करिडोरमा पर्ने बहादुरगंज बजारको
करिब ३०० मिटर पश्चिम फैलिएको छ । करिब ३ कठ्ठा क्षेत्रफलमा फैलिएको निर्माणाधीन स्यूराज पार्कमा बिगतमा प्रयोग भएको ब्यारेकको भग्नावशेष समेत संरक्षित गरिएको छ । दक्षिणपूर्वी दिशामा करिब २१ फिट गहिरो इनार भेटिएको छ । पार्कका मरम्मत संभार गोरुसिगेमा रहेको कालीजंग गणले गरेको छ ।
सन १७५० को दशकदेखि ब्रिटिस साम्राज्यले वर्तमानको भारतलाई आफ्नो औपनिवेशक अभियानमा गाभ्ने क्रममा नेपालमा कुदृष्टि लगाएको थियो ।
पाल्पा राज्य नेपालमा गाभिएपछि पाल्पा राज्यको भोगचलनमा रहेको बुटवलको
जितगढी किल्ला तथा स्यूराज क्षेत्रका केही मौजाहरुको सम्बन्धमा अंग्रेज र नेपाल
बीच बि.स. १८६८ मा बिवाद उब्जिएको थियो । एकीकरणको क्रममा यस क्षेत्रमा
अस्तित्वमा रहेको पाल्पा राज्य एउटा अत्यन्त शक्तिशाली राज्य थियो ।
कम्पनी सरकारका अंग्रेज गभर्नर जनरल लर्ड मोईराले गोरखपुर क्षेत्र प्रमुखको
आदेश स्वरुप नेपाल कै बिवादित जग्गा खाली गरी कब्जा गर्न लागे त्यसैबीच
तत्कालीन मुख्तियार जनरल भिमसेन थापाले सशक्तरुपले मुठभेड नै गर्ने निर्णय
गरेको इतिहासका उल्लेख गरिएको छ ।
फलस्वरुप पाल्पा क्षेत्रका संरक्षक आफ्नै पिता अमरसिंह थापालाई अंग्रेजी
सैनिकलाई बलपूर्वक रोक्न राजा गीर्वाण विक्रम शाहको आदेश पठाए । यता
गोरखपुरका अंग्रेज प्रशासकले आफ्ना ३ टुकडीलाई बुटवल स्यूराज क्षेत्रका
विवादित जग्गा बलपूर्वक कब्जा गर्न पठायो । पछि भीमसेन थापाको निर्देशनमा
अमरसिंह थापाले सरदार जगदेव भण्डारीको नेतृत्वमा वि.स. १८७१ जेष्ट २८ गते
कम्पनी सरकारका कब्जामाथि आक्रमण गराई १८ जना अंग्रेजी सैनिक मारिए ६ जान
घाइते भए । सोही समय नेपालले बुटवल र स्यूराज क्षेत्र आफ्नो पकडमा लिएको
थियो । पराजयबाट क्रृद्ध भएको कम्पनी सरकारले
यही घटना लगत्तै सन् १८१४ नम्बर १ मा नेपाल विरुद्ध युद्धको घोषणा गरेको
थियो । सन् १८१६ मा भएको सुगौली सन्धिमा नेपालले आफ्नो एक तिहाई
भूभाग ईष्ट इन्डिया कम्पनीलाई सुम्पिनु परेको थियो ।
प्रधानसेनापतिद्वारा स्युराज स्मारक उद्घाटन
