काठमाडौं, । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । स्रोतका अनुसार एयर अरेवियाको विमानबाट सुन बरामद भएको हो ।
विषेश सूचनाको आधारमा विमानस्थल पुगेको सीआईबीको टोलीले सुनसहित बा“केका गोपालबहादुर शाहीलाई पक्राउ पनि गरेको छ । स्रोतले भन्यो, ‘प्लाष्टिकमा र्याप गरेर ल्याइएको सुन करिब १५–२० किलो भएको हाम्रो अनुमान छ । ठ्याक्कै कति किलो छ हेर्दैछौं ।’ बिमानमार्फत् दुबईबाट पठाइएको लेगजबाट सुन बरामद भएको हो । शाही लगेज लिन विमानस्थल पुगेका थिए ।
सीआईबीले शाही र सुनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सुनका मालिक को हुन् भनेर खोजी गरिरहेको प्रहरी स्रोतले बतायो ।
ठूलो परिमाणमा सुन बरामद
