कृष्ण मल्ल स्मृतिग्रन्थको लोकार्पण

मेचीकाली संवाददाता

२३ श्रावण २०७९, सोमबार
533 shares

तानसेन । सेन माध्यमिक बिद्यालयका पूर्व प्रधानाध्यापक स्व. कृष्णबहादुर मल्लको बार्षिक पूण्यतिथीको अबसरमा कृष्ण मल्ल स्मृतिग्रन्थको लोकार्पण गरिएकोछ । कार्यक्रममा स्व.मल्लको जीवनी र उनको कृतिको बारेमा चर्चा गरिएको थियो ।


स्मृति ग्रन्थलाई तिन खण्डमा लेखन तथा प्रकाशन गरिएको पाईन्छ । गन्थको पहिलो खण्डमा लेखन तथा प्रकाशन गरेको पाईन्छ । पहिलो खण्डमा स्व. मल्लका बारेमा नेपाली भाषाका माध्यमका लेख रचना, दोश्रो खण्डमा अंग्रेजी भाषका लेख र खण्ड तिनमा उनका कृति र उनीबारे विविध जानकारी समाबेस गरेको पाईन्छ । लोकार्पण कार्यक्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञिक सभासद प्रा.डा. कपिल लामिछाने, प्रगतिशिल लेखक संघ लुम्बिनी प्रदेश उपाध्यक्ष तिलक लामिछाने, नेकपा एमाले नगर कमिटि अध्यक्ष गुराँश आत्रेय, सम्पादन मण्डल सदस्य यम बहादुर पौडेल क्षेत्री, पूर्व प्र.अ. मिन बहादुर के.सी., स्मृति चर्चाकार द्धय बुद्धि प्रसाद शर्मा र राम प्रसाद अर्याल लगायतले स्व.मल्लको योगदानको चर्चा गरेका थिए।

रामपुर नगरपालिका वडा नम्बर १ गाडाकोट चिहानडाँडामा बि.सं. २०२६ जेठमा जन्मिएका कृष्ण मल्ल २०४४ सालदेखि शिक्षण पेशामा सक्रिय जिम्मेबारी बहनगर्दै आएका थिए । परिवारकै जेष्ठ सुपुत्रकोरुपमा जन्मिएका मल्ल २०६८ जेष्ठ २२ गते काठमाण्डौको मेडिसिटी अस्पतालमा कोभिडको उपचारको क्रममा निधन भएको थियो ।