बुटवल, । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा पुष ८ गतेदेखि बुटवलमा जारी औद्योगिक व्यापार मेला शनिबार सम्पन्न भएको छ । बुटवल मण्डपमा मेलाका अवसरमा भ्वाइस अफ बुटवल, दोहोरी गित प्रतियोगिता, बिद्यालयस्तरी लोक गित र लोक नृत्य प्रतियोगिता, आमा नृत्य प्रतियोगिता, युगल नृत्य प्रतियोगिता, कृषि वालि प्रतियोगिता, माछा मार्ने बल्छी प्रतियोगिता,मत्स्य फेष्टिवल,दुग्ध बजारीकरण कार्याशाला गोष्ठि लगायतका कार्यक्रमहरु पनि सम्पन्न भएका छन् ।
मेला समापनका अवसरमा मेलामा सहभागी स्टलहरु मध्येबाट उत्कृष्टहरुलाई पुरस्कृत गरिएको छ । समग्र सहभागीहरुको तर्फबाट ज्याकोर इण्डष्टिज प्रथम, न्यु कुसुम फुड प्रोडक्ट द्धितीय, बुटवल स्टिल फर्निचर तृतीय र गुप्ता नर्सरी सान्त्वना भएका छन् । त्यस्तै कृषि तर्फ नेपाल मत्स्य बिकास संघ प्रथम, कोठी हिमाल अल्लो कपडा उद्योग द्धितीय, बिजी ग्रुप खुदो उद्योग तृतीय र मोतिपुर हाम्रो डेरी उद्योग सान्त्वना भएका छन् । महिला उद्यमी तर्फ बंगलामुखी अचार उद्योग प्रथम, प्रेम निसा अल्लो धागो तथा तयारी पोशाक उद्योग द्धितीय, बसन्ती अचार उद्योग तृतीय र संकल्प घरेलु तथा तान उद्योग एवं कमल बिनायक अगरबत्ती धुप उद्योग सान्त्वना भएका छन् ।
त्यसैगरी हस्तकला तथा लघु उद्यमी तर्फ हस्तकला नेपाल प्रालि प्रथम, अन्नपुर्ण पटेर मुठा लघु उद्यमी द्धितीय, खनाल पाल्पाली ढाका उद्योग तृतीय र पाल्पाली बा“स तथा हस्तकला उद्योग सान्त्वना भएका छन् । संघका निवर्तमान अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ संयोजकत्वमा गठित मुल्याकंन समितिको निणर्य अनुसार उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरिएको थियो ।