बुटवल, । नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले संविधान संशोधन प्रस्ताव संसदबाट पास नहुने स्पष्ट पारेका छन् । ‘संविधान कार्यान्वयन नगरी जनताको आवश्यकताबिना ल्याइएको संशोधन प्रस्ताव पास हु“दैन, तर निर्वाचन हुन्छ’ पौडेलले भने ।
शनिबार मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबारी) को १० औं साधारणसभा तथा फूलबारी एनिमल कर्नरको उद्घाटन गर्दै पौडेलले अनुचित रूपमा ल्याइएको संशोधन प्रस्ताव फेल गराउन संसदमा आवश्यक संख्या आफूहरूस“ग रहेको दाबी गरे । ‘यसलाई हामी फेल गराउ“छौं, तर मुलुक निर्वाचनमा जान्छ’ पौडेलले भने, ‘हामीस“ग (विपक्षी मोर्चा) ९ दलस“ग एक तिहाई २०१ मत छ । संशोधन प्रस्ताव विफल हुन्छ ।’ एमाले सहित विपक्षी मोर्चाले शुक्रबार काठमाडौंमा संविधान संशोधन विरूद्ध विशाल जनप्रदर्शन समेत गरेको थियो ।
रूपन्देही क्षेत्र नम्बर ४ का संसद समेत रहेका नेता पौडेलले सरकार संविधान संशोधनको नाममा निर्वाचनलाई टारेर अविछिन्न सत्ता टिकाउने खेल खेल्न थालेको आरोप लगाए । संशोधन विरूद्ध अझै पनि खबरदारी आवश्यक रहेको पौडेलको भनाइ छ । प्रदेशको सीमांकन हेरफेर गर्न संसदले नसक्ने पौडेलले बताए । उनले सर्वोच्च अदालतको फैसलालाई आफूहरूले सम्मान गरिएको बताए ।
पूर्व अर्थमन्त्री समेत रहेको नेता पौडेलले अबको राजनीतिक विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने बताए । ‘स्रोत साधान नभएर हाम्रो मुलुक गरिब भएको होइन’ पूर्व अर्थमन्त्री समेत रहेका नेता पौडेलले भने, ‘इमानदारिता र विकासलाई व्यवहारमा कार्यान्वय गरेमा मुलुक अबको पा“च वर्षमा समृद्ध बन्न सक्छ । विकासका लागि गफ होइन, समाजलाई रूपान्तरण गनुपर्छ ।’ विकासमा कुनै पनि पार्टीले राजनीति गर्न नहुने पौडेलको भनाइ थियो ।
उनले रूपन्देहीमा राज्यले विकासका लागि ठूलो लगानी गरेको भन्दै अहिले सञ्चालित आयोजनाहरू समयमै सम्पन्न गर्न सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताए । उनले फूलबारीको क्षेत्र विस्तार गरी यसलाई पर्यटकीय गन्त्व्यको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले फूलबारीमा लाग्ने भारतीय भूपू सैनिक पेन्सन क्यामलाई हटाएर यसको क्षेत्र विस्तार गर्नुपर्ने बताए ।
कार्यक्रममा नया“ शक्ति नेपाल केन्द्रीय कार्यालयका मुख्य सचिव बामदेव क्षेत्रीले अब मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने बताए । सो अवसरमा उद्यानका संस्थापक अध्यक्ष भोजप्रसद श्रेष्ठ, बुटवल उप–महानगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनाल, नेकपा एमाले रूपन्देहीका उपाध्यक्ष पुरूषोत्तम घिमिरे, राप्रपा रूपन्देहीका प्रबक्ता पुनाराम पोखरेल, राष्ट्रिय जनमोर्चाका दीपक आचार्य, रूपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे, पत्रकार महासंघ रूपन्देहीकी निवर्तमान अध्यक्ष दीपक ज्ञवाली, बुटवल सामुदायिक वन १–४ का अध्यक्ष माधव प्रधान, बुवटल हिलपार्क विकास परिषद्का महासचिव टंक पराजुली, रूपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारीलगायतले बोल्दै फूलबारीले आन्तरिक पर्यटकीय गन्त्व्यका रूपमा विकास गनुपर्नेमा जोड दिएका थिए । समितिका अध्यक्ष खेमप्रसाद लुइ“टेलको अध्यक्षता, उपाध्यक्ष बाबुराम पोखरेलको स्वागत तथा महासचिव रमेश नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।
संविधान संशोधन प्रस्ताव फेल हुन्छ – उप–महासचिव पौडेल
