सेवा सहजका लागि कार्यालयमा हुलाक

मेचीकाली संवाददाता

२३ श्रावण २०७९, सोमबार
513 shares

पार्वती आचार्य
कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नागरिकको सहजताका लागि कार्यालयमा नै हुलाकको सेवा दिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा विभिन्न सेवा लिन आउने सेवाग्राहीहरुका लागि सेवामा सहज होस् भन्ने उद्देश्यका साथ हुलाक टिकट सेवाका लागी कार्यालयमा हुलाक टिकट सेवा डेक्स सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । सेवाग्राहीहरुले टिकट तोकिएको शुल्कमा पाउने व्यवस्था गरिएको र बिचौलियाहरुबाट सेवाग्राहीहरु नठगिऊन् भन्ने उद्देश्यले उक्त सेवाको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बताए ।

यसैगरी कार्यालयमा स्तनपा कक्ष, इन्टरकम प्रणाली, हेल्पडेक्सको स्थापना गरिएको ,बृक्षरोपण गरी कार्यालयको सौन्र्दयीकरण गरिएको र राहदानी शुल्क तथा अन्य शुल्क दस्तुर सहज रुपमा बुझ्ने बुझाउने व्यवस्थाका लागि कार्यालय परिषरमा नै बैंकको एक्टेन्सन काउन्टर राख्नका लागि पहल भैरहेको छ । राहदानी सेवा सहज रुपमा सञ्चालन गर्न स्थानीयतहहरुसँग समन्वय भैरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।