सामुदायिक वन दिवसमा सरोकारवालाहरु बिच अन्तरक्रिया

मेचीकाली संवाददाता

२४ श्रावण २०७९, मंगलवार
358 shares

पार्वती आचार्य
कपिलवस्तु । सामुदायिक वन दिवस ०७९ को अवसरमा सरोकारवालाहरु बिच अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ । सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी भन्ने मूल नाराकासाथ डिभिजन वन कार्यालय कपिलवस्तु (गौतमबुद्ध) चन्द्रौटाको आयोजनामा सरोकारवालाहरु बिच एक कार्यक्रमको आयोजना गरी अन्तक्र्रिया गरिएको हो ।
उक्त कार्यक्रमको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिकाका मेयर अजय थापाले शिवराज नगरपालिकाअन्तर्गतका वन संरक्षणका लागि नगरपालिकाको समन्वय र हसकार्य हुने बताए । वनको संरक्षण गर्न नसके आगामी दिनमा ठुलो समस्या हुने भएको हुँदा वृक्षारोपण लगाएत बन संरक्षणमा सहकार्य गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए ।

साँझेदारी र सामुदायिक बन तथा नगरपालिकाको समन्वयमा वृक्षारोपण कार्यलाई बढाउन सक्ने हो भने यस नगरलाई हराभरा बनाउन सकिनेमा जोड दिए । साथै वन जोगाउनका लागि लागि परेका साँझेदारी तथा सामुदायिक वनका पदाधिकारीहरुलाई मेयर थापाले धन्यवाद दिए ।
डिभिजन वन कार्यालय, कपिलवस्तु (गौतमबुद्ध) , चन्द्रौटाका डिभिजनल वन अधिकृत दधिलाल कँडेलले सामुदायिक वन विकासको ऐतिहासिक पृष्ठभूमिको बिषयमा जानकारी दिएका थिए । यस्तै उनले सहभागिहरुको जिज्ञासाहरुको सुझाव दिँदै दिगो वन व्यवस्थापन गर्नकालागि वन संवद्र्धन प्रणाली अवलम्वन हुनुपर्नेमा जोड दिए ।
यसैगरी हालसम्म देशभर करिव २३ हजार सामुदायिक वन उपभोक्ता समूहहरुले २० लाख हेक्टरभन्दा बढी वन क्षेत्र संरक्षण, व्यवस्थाप , विकास र सदुपयोग गरेको छ, जसबाट करिव २५ लाख घरधुरी लाभान्वित भइरहेको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै डिभिजन वन कार्यालय कापिलवस्तु गौतमबुद्धको सन्दर्भमा हालसम्म करिब ९ हजार ४५.२१ हेक्टर राष्ट्रिय वन क्षेत्र ५१ वटा सामुदायिक वन समूहहरुलाई सामुदायिक वनको रुपमा हस्तान्तरण भएको र ११ हजार २ सय ४१ घरधुरी लाभान्वित भएको डिभिजनल वन अधिकृत कँडेलले जानकारी दिए ।

सोमध्ये १३ वटा सामुदायिक वनहरुमा वन संवद्र्धन प्रणालीमा आधारित ÷ वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागू भएको छ । वनको विनास रोकिएको छ, संस्थागत बिकास र शासकिय सुधार, नेतृत्व विकास, लैंगिक सन्तुलन, समतामूलक वितरण र सामाजिक समावेशीकरणलगायतका उपलब्धिहरुको बारेमा जानकारी दिए ।
यस्तै वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष दिपक थापाले विगतको सरकारले कार्यविधि–२०७१ एक्कासी खारेज गरी काठ दाउरा निकासीमा रोक लगाउँदा आम उपभोक्ताहरुले सास्ती खेप्नु परेको बताए । वन क्षेत्रमै करोडौको काठ दाउरा सडे तर मृत्युपश्चात शवको दाह संस्कार गर्नका लागि समेत दाउरा उपलब्ध गराउन नसकिएको बताए । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघको लामो संर्घषपश्चात लुम्बिनी प्रदेश सरकारले वन ऐन २०७८ र वन नियमावली २०७९ पास भई राजपत्रमा समेत प्रकाशित भएको बताए ।
यस्तै कपिलवस्तु साँझेदारी बन व्यवस्थापन समितीका अध्यक्ष गंगेश तिवारीले बिगत २ बर्षदेखि काठ दाउरा निकासीमा सरकारले रोक लगाएपछि आम उपभोक्ता सेवाबाट बञ्चित भएको बताए । उपभोक्ताहरुले आवश्यकअनुसार सेवा त पाएनन नै मृत्युपश्चात शव जलाउनका लागि समेत दाउरा नपाउनु दुखको कुरा भएको बताए ।

वैज्ञनिक वन व्यवस्थापनका लागि संगठनको लामो समयसम्मको संघर्ष जारी रह्यो त्यसमा पनि विभिन्न भातृ संगठनहरुको साथ सहयोग रहेको बताए । नयाँ व्यवस्थापनका लागि संघिय सरकार र प्रदेश सरकारले नयाँ कानुन ल्याएको छ, केही विषयहरु बाँझिएको भए पनि त्यो सुधार भएर आउने विश्वास गर्दै दिगो वन व्यवस्थापन स्वागत योग्य भएको अध्यक्ष तिवारीले बताए ।
सामुदायिक उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष हुमनाथ भट्टराईले वन संरक्षणकालागि विभिन्न निकायहरुसंग समन्वय सहकार्य गरेर अगाडि बढ्ने बताए ।
यस्तै संचारिका समूह कपिलवस्तु शाखा अध्यक्ष पार्वती आचार्यले वन तथा वातावरण संरक्षणको क्षेत्रमा कलम चलाउँदै आएको बताइन् । वैज्ञानिक वन व्यवस्थापनमा सरकारले रोक लगाए पछि संगठनले वैज्ञानिक वन व्यवस्थापन फिर्ता ल्याउन जिल्लादेखि केन्द्रसम्म गरेका विभिन्न संघर्षहरुको समाचार सम्प्रेषण गर्दै आएको बताउँदै आगामी दिनमा समेत समन्वय सहकार्य रहने प्रतिबद्धता जनाए ।
वैज्ञानिक वन व्यवस्थापनले वनको गुणस्तरमा वृद्धि हुनुका साथै सोबाट काठ, दाउराको सही व्यवस्थापनले गर्दा स्थानीय स्तरमा उपभोक्ताहरुलाई रोजगारको व्यवस्था हुनु सवल पक्ष भएको बताए ।

कार्यक्रम सहायक वन अधिकृत गणेश चौधरीको स्वागत तथा कार्यक्रम संयोजक गणेश पुरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष, बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघको केन्द्रिय सदस्य, शिवराज साँझेदारी वनका अध्यक्ष जगदम्बाप्रसाद चौधरी, सुरक्षाकर्मी, सञ्चारकर्मीहरु, उपभोक्ताहरुलगायतको सहभागिता रहेको थियो ।