०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनको सफलतासंगै नेपाल राजतन्त्रात्मकबाट गणतन्त्र मुलुक भएको छ । जनआन्दोलनको सफलतासंगै राजनीतिक अधिकारका धेरै पाटाहरु फेरिएका छन् । राजनीतिक अधिकारका लागि भएका अनेकौं लडाई“हरु जनआन्दोलन पूरा भएको करिब एक दशकपछि अर्थात ०७२ असोज ३ गते जारी भएको संविधानसंगै पूरा भएको छ । तर, कतिपय अति संवेदनशिल विषयमा नेताहरुले गरेका आलाका“चा कामहरुले इतिहासमाथि नै निर्मम प्रहार भएका छन् । जुन पृथ्वीनारायण शाहको एकता अभियान एउटा उदाहरण हो । अघिसम्म पुस २७ गतेलाई पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा सरकारी स्तरमा मनाइ“दै सार्वजनिक विदा दिने गरिन्थ्यो । अहिले पात्राहरुमा राष्ट्रिय एकता दिवस भन्ने शब्द त उल्लेख छ तर, पहिले जस्तो सरकारी स्तरबाट यो दिनलाई कुनै सम्मान गरिएको छैन् । यो दुःखद पक्ष हो ।
पृथ्वीनारायण शाहलाई सबै देशभक्त नेपालीले सम्मान गर्नुपर्छ । उनको योगदानबाटै आजको यो नेपाल सम्भव भएको भन्ने तथ्य र इतिहास रहेको कुरा सबैले स्मरण गर्न जरुरी छ । उनके एकीकरण अभियानका क्रममा भएका कतिपय घटनाक्रमहरुलाई जात विशेषका भरमा, क्षेत्र विशेषका भरमा अनेक टिप्पणीहरु गरिएका पनि होलान् । ती सबै सही र सत्य होइनन् । त्यसयता विभिन्न नामका क्रान्ति, जनयुद्ध र निरंकुशताका क्रूर दमनचक्रहरु चले । तिनमा धेरै निर्दोश नेपालीको ज्यान गएको कुरा कसैले लुकाएर लुक्ने कुरै होइन् । यसतर्फ पनि हेक्का राख्न जरुरी छ । इतिहासलाई बंग्याउने र आफु अनुकुलको बनाउने स्वार्थी काम कसैले पनि गर्नु हु“दैन् । २ सय ९५ वर्ष अघि जस्ले एउटा सिड्डो नेपालको कल्पना गरे र त्यसलाई साकार पनि बनाए यो सामान्य विषय हु“दैहोइन् । कसैले इतिहास बग्यायो भन्दैमा उतिबेलाका देशभक्तहरुको योगदान भुल्ने काम सरासर गलत हो ।
अहिले मुलुक राजतन्त्र हटेर लोकतान्त्रिक गणतन्त्र भएको छ । तर, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र जनस्तरसम्म लोकतन्त्रको अनुभूति गराउने काम भएको छैन् । यस्लाई संस्थागत गर्नका लागि संविधानको कार्यान्वयन अपरिहार्य रहेको भएपनि हाम्रा राजनीतिक दल र सरकारमा कुनै गम्भिरता देखिएको छैन् । यो विडम्बनापूर्ण छ । जुन बेला मुलुकमा शिक्षाको विकास नै भएको थिएन, राजनीतिशास्त्र र कुटनीतिको विषयवस्तु प्राज्ञिक विषयका रूपमा विकास नै भएका थिएनन, त्यतिबेला नै पृथ्वीनारायाण शाहले नेपाल राष्ट्रको निर्माण गर्ने अभियान सुरु गरेका थिए । भिन्न भिन्न नाममा छरिएका सानासाना राज्यहरूलाई एउटै विशाल राज्यमा परिणत गरेका थिए । दुईतिरका छिमेकीहरूको स्वभावको समेत मसिनो गरी अध्ययन गर्न भ्याएका थिए र देशबासीका नाममा उपदेशसमेत छाडेका थिए । आज पृथ्वी जयन्ति अर्थात् राष्ट्रिय एकता दिवसका अवसरमा हाम्रो सरकार, हाम्रा राजनीतिक दल, नेताहरु सबैमा सामाजिक एकतासहितको राष्ट्रियताका लागि गम्भीर बन्ने प्रेरणा प्रदान गर्न सकोस् ।
विभिन्न टुक्रामा विभाजित अवस्थाका राज्यहरुलाई एकीकरण गरेर एउटा सिड्डो नेपाल निर्माण गर्ने श्रेय उनैलाई जान्छ । उनको सम्मानमा हिंजो जे जस्ता कार्यक्रमहरु गरिन्थ्यो अहिले लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि ती सबै एकाएक हराउनुले राम्रो सन्देश जा“दैन् । शाह वंशको विरोध गर्ने नाममा सबैलाई एउटै कोटरीमा राखेर एकपक्षीय दृष्टिकोण बनाउनु लोकतान्त्रिक मूल्य पनि होइन् । पृथ्वीनारायण शाहले जसरी राष्ट्रिय एकताको सुरुआत गराएका थिए त्यसको सदैव सम्मान जरुरी छ । उनी शाह वंशका भएकै भरमा अपमान गरिनु कत्तिको न्यायोचित हो ? यस विषयमा सबैले संवेदनशिल भएर शोंच्नुपर्ने बेला आएको छ । यो राष्ट्रिय एकता दिवसको शान्दर्भिकता झन बढेर गएको छ । यो बेलामा राष्ट्रिय एकता र सद्भावका लागि देशभक्त सबै नेपालीहरु एकजुट हुन जरुरी छ ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेको, एकताको शुत्रमा सबै नेपालीलाई एकताबद्ध बनाएको, सभ्य समाजको निर्माणको थालनी गरेको कुरा इतिहासमै प्रष्ट छ । तर, यसलाई कतिपयले मेट्न खोजिरहेको आभास भएको छ । अहिले संक्रमण कालका नाममा सामाजिक सद्भाव र राष्ट्रिय एकतामाथि नै अनेक खालका आक्रमणहरु भइरहेका बेलामा पृथ्वीनारायण जस्ता देशभक्त नेतृत्वको आवश्यकता खड्किएको छ । नेताहरुमा सस्तो लोकप्रियता कमाउने होडबाजीका कारण सामाजिक सद्भाव र राष्ट्रिय एकतामै परेका गम्भीर असरहरुबारे धेरैले अहिले पनि नजरअन्दाज गरेका छन् जुन साह्रै विडम्बनापूर्ण छ । सरकारीस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस नमनाइएपनि नागरिकस्तरमा भने मनाउने गरिएको छ जुन आज पनि जारी छ । इतिहासमा विभिन्न व्यक्तिले गरेको योगदान भुल्ने होइन बरु अरु चीरस्थायी बनाउदै प्रेरणा लिन जरुरी छ । यो राष्ट्रिय एकता दिवसका अवसरमा हाम्रो पनि सबैलाई शुभकामना ।