बुटवल, । औद्योगिक क्षेत्रहरु सुरक्षित नभएको तथा सुरक्षाको उचित वातावरण नहु“दा लगानीको समेत वातावरण नबनेको गुनासा आइरहेका बेलामा बुटवलको मोतिपुरमा औद्योगिक सुरक्षा गुल्म स्थापना भएको छ । मोतिपुर औद्योगिक कोरिडोरलाई लक्षित गरी यस क्षेत्रको औद्योगिक सुरक्षाका लागि सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म स्थापना भएको हो ।
बुटवल–१९, मोतिपुरको नदी उकासको जग्गामा सुरक्षा गुल्म स्थापना भएको छ । सशस्त्र प्रहरी बलका महानिरिक्षक दुर्जकुमार राईले मंगलबार एक समारोहका बीच उक्त गुल्मको उद्घाटन गरेका छन् । विसं. ०६९ कात्तिकमा अस्थायी टहरामा त्यहा“ राखिएको सशस्त्र प्रहरी बललाई अहिले सुविधासम्पन्न गुल्म भवन निर्माण गरी राखिएको छ । त्यहा“ सशस्त्र प्रहरीका डिएसपीको कमाण्डमा एक सय ६० भन्दा धेरै सुरक्षाकर्मीहरु तैनाथ छन् ।
सशस्त्र प्रहरी बलको स्वामित्वमा रहेको करिव ३ बिगाहा क्षेत्रफलमा निर्मित कार्यालय, क्वाटर गार्ड भवन सहित हाल ३ वटा भवन रहेका छन् । औद्यँेगिक सुरक्षाका लागि यो गुल्मको स्थापनाले महत्वपूर्ण टेवा पुग्ने भन्दै सरोकारवालाहरू खुशी भएका छन् ।
अघिल्लो सरकारले मुलुकका सबै प्रदेशमा कम्तिमा एक÷एक वटा औद्योगिक क्षेत्र स्थापना गर्ने भन्दै मोतिपुरसहितका स्थानमा औद्योगिक क्षेत्र स्थापनाका काम अगाडि बढाएको थियो । प्रदेश नं. १, ३, ५ र ७ मा औद्यँेगिक क्षेत्र स्थापनाका लागि जग्गा पहिचान गरी डीपीआर समेत तयार पारिएको थियो । जसमध्ये ५ नं. प्रदेशको प्रस्तावित नया“ औद्योगिक क्षेत्र मोतिपुरमा गरिएको थियो ।
मोतिपुरमा ८ सय १३ विगाहा जग्गामा औद्योगिक क्षेत्र स्थापना गर्न मन्त्रिपरिषद्बाट निर्णय भएको हो । अहिलेसम्म ८ सय १३ विगाहा जग्गा प्राप्ती भइसकेको छ भने २ सय ४० विगाहामा डीपीआर तयार भइरहेको छ । यो सुरक्षा गुल्म स्थापना भएपछि यस क्षेत्रका उद्यँेगी व्यवसायी खुशी भएका छन् । मोतिपुरको प्रस्तावित जग्गामा पूर्वमा तिनाउ नदी, पश्चिममा सामुदायिक वन तथा मोतिपुर (साविकको गाविस) वडा नं. १, ५, ६ र ८ तथा उत्तरमा वडा नंं १ को नया“ बस्ती, दक्षिणमा सौ.फर्साटिकर गाविस भित्रको करिब २ सय ४० विगाह जग्गाको कित्ता नं. सहित स्थानीय प्रसाशनले गत वर्ष नै मन्त्रालयमा पठाएको थियो ।
मुलुकभर हाल १० वटा औद्योगिक क्षेत्र छन् । २०४४ यता औद्योगिक क्षेत्र स्थापना हुन सकेका छैनन् । चार सय ३४ रोपनीमा फैलिएको बुटवल औद्योगिक क्षेत्र २०३२ सालमा स्थापना भएको हो । यहा“ अहिले ६१ उद्योग छन् । ति मध्येको ठूलो बुटवल धागो कारखाना बन्द अवस्थामा छ ।
सो संगै मोतिपुरमा औद्यँेगिक कोरिडोरको काम अगाडि बढेको थियो । सोही औद्योगिक कोरिडोरलाई लक्ष्ँित गरेर पश्चिम क्षेत्रका सबै औद्योगिक सुरक्षा हेर्नेगरी अहिले सशस्त्र प्रहरी बलको औद्यँेगिक सुरक्षा गुल्म स्थापना भएको सहायक गुल्मपति सशस्त्र प्रहरी निरिक्ष्ँक सुरज पाण्डेले जानकारी दिए ।
जनताको सेवक बनेर काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन
त्यस अवसरमा सशस्त्र प्रहरी महानिरिक्षक राईले जनताको सेवामा प्रतिवद्ध भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन । उनले सशस्त्र प्रहरी बल जनताको मालिक नभइ सेवक भएकाले सेवकको भावनाले काम गर्न समेत निर्देशन दिएका छन् ।
बलका प्रमुख सशस्त्र प्रहरी महानिरिक्षक राईले जनताले तिरेको करले राज्यक सबै निकाय चल्ने हु“दा सशस्त्र प्रहरी पनि जनताकै सेवक भएकाले जनताप्रति जवाफदेही हुन निर्देशन दिए । उनले भने–जनताले राज्यलाई कर तिर्छन हामिले राज्यबाट पाउने तलव, पोसाक, रासन लगायत सम्पूर्ण राज्यले दिने सुबिधा जनताको करबाट हो, त्यसैले जनताप्रति जवाफदेही बन्नु जरुरी छ ।’
उनले कुनैपनि देसको औद्योगिक, शैक्षिक लगायतका बिकासका आधारमा सम्पुर्ण देसको बिकासको आधार तय हुने भएकाले औद्योगिक क्षेत्रको सुरक्षामा कुनै कमि हुन नदिन सशस्त्र प्रहरी बलको निकायलाई आग्रह गर्दै भने–‘जुन देशमा सुरक्षा हुन्छ त्यहि देसमा मात्र उन्नति र प्रगति हुन्छ ।’
यस क्षेत्रको औद्योगिक क्षेत्रको सुरक्षार्थ स्थापना गरिएको गल्मको नवनिर्मित भवन रु. १ करोड ८८ लाखको लागतमा निर्माण सम्पन भएको गुल्मका गुल्मपति डिएसपी प्रकाश थापाले प्रतिवेदन सार्वजनिक गरेका थिए । कार्यक्रम गुल्मका सहायक गुल्मपति सशस्त्र प्रहरी निरिक्षक सुरज पाण्डेले सञ्चालन गरेका थिए ।
मोतिपुरमा सशस्त्रको औद्योगिक सुरक्षा गुल्म स्थापना
