बुटवल, । यसै क्षेत्रमा पहिलो पटक बुटवलमा रहेको सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले मंगलबारदेखि मृगौलाको निःशुल्क डायलाइसिस सेवा सुरू गरेको छ । बुटवल–८ मैत्रीपथमा अवस्थित हस्पिटलले लुम्बिनी अञ्चलमै पहिलो पटक निजी क्षेत्रबाट मृगौला उपचार केन्द्रको सेवा सुरू गरेको हो । सेवाको रक्षामन्त्री बालकृष्ण खा“णले उद्घाटन गरे । उक्त डायलाइसिस सेवा मृगौला रोग विषेषज्ञ तथा हस्पिटलका अध्यक्ष डा. सुवोधकुमार पाण्डेयको प्रत्यक्ष निगरानीमा गरिने छ । डा. पाण्डेय विगत १२ वर्ष देखि मृगौला तथा डायलाइसिस क्षेत्रमा कार्यरत छन् ।
सरकारले मिर्गौला डायलाइसिस निःशुल्क गरे पछि आर्थिक अभावको कारण अन्य परीक्षण गर्न नसक्ने बिरामीलाई यो निर्णयले ठूलो राहत मिल्ने अस्पतालले जनाएको छ । कार्यक्रममा बोल्दै मन्त्री खा“णले रूपन्देहीलाई मेडिकल हबको रूपमा विकास गनुपर्ने बताए । त्यसको लागि सरकारले जस्तो सुकै सहयोग गर्न तयार रहेको उनको भनाइ छ । ‘काठमाडौंपछि रूपन्देही मेडिकल हबको रूपमा विकाश भएको छ’ उनले भने, ‘अझै लुम्बिनीमा एउटा बर्थिड्ड सेन्टर सहितको सुविधा सम्पन्न हस्पिटल र नेपाली सेनाको हस्पिटल बुटवलमै बनाउन पहल गर्छु ।’
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका मन्त्री खा“णले अहिले उपचारको नाममा विदेश जा“दा मुलुकको ठूलो धनराशी विदेशिएको भन्दै नेपालमै सबै क्षेत्रको उपचार हुने हस्पिटलहरू रहेकोले स्वदेशमै उपचार गराउनुपर्ने बताए । उनले प्रकृतिक उपचार पद्धतिहरू आयुर्वेद, योग उपचार पद्धतिलाई पनि विकास गर्न आवश्यक रहेकोमा जोड दिए । रूपन्देही क्षेत्र नम्बर ३ का संसद समेत रहेको खा“णले मृगौलाको खरावी हुनु पूर्व देखिने संकेतहरूबारे सचेतना दिनुपर्ने बताए ।
निःशुल्क मृगौला डायलाइसिसका लागि स्वास्थ्य मन्त्रालयबाट सूचीकृत भएको यो हस्पिटलले विगत दुई वर्षदेखि मृगौला उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । डायलाइसिसका लागि हाल ३ वटा मेसिनबाट उपचार हुनेछ । उक्त सेवा पहिलो पटक बुटवलका पुष्पलता श्रेष्ठ, ओमबहादुर खत्री र मुना आलेलाई प्रदान गरिएको छ ।
हस्पिटलका प्रबन्ध सञ्चालक अर्जुन पौडेलले आगामी दिनमा हस्पिटललाई मृगौला हस्टिपलका रूपमा विकास गरिने बताए । अफिन नेपालका अध्यक्ष रामप्रसाद खरेलले मृगौलाको डायलाइसिसको शुल्क परिमार्जन गनुपर्ने बताए । उनले सरकारले निर्धारण गरेको रेट कम भएको भन्दै केही वृद्वि गनुपर्ने बताए । कार्यक्रममा तरूण दलका चिरञ्जीवी जोशी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार सुमन श्रेष्ठले गरेका थिए । यस क्षेत्रका गौतमबुद्ध सामुदायिक मुटु हस्टिपलले पनि मृगौलाको डायलाइसिस गर्ने अनुमति पाएको छ ।
सरकारले यसअघि निःशुल्क डायलाइसिसको अनुमति दिएका सरकारी अस्पतालले समेत रुटिन परीक्षण निःशुल्क नगरेको र गौतमबुद्ध सामुदायिक अस्पताल नै निःशुल्क घोषणा गर्ने पहिलो रहेको अस्पतालले दाबी गरेको छ । नेपालका करिब तीन करोड जनसंख्यामध्ये १० प्रतिशतअर्थात करिब ३० लाख जनाको मिर्गौलामा कुनै न कुनै समस्या रहेको बताइन्छ । तीस लाखको १० प्रतिशतअर्थात तीन लाखमा यो समस्या अझै ठूलो छ ।
सिद्धाथनगर सिटीमा मृगौलाको डायलाइसिस सेवा सुरू
