कपिलवस्तु । कपिलवस्तुको मधेसी बाहुल्य सदरमुकाम तौलिहवामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले नेता रघुवीर महासेठले सडकमा शक्ति सन्चय गर्ने र सदनबाट मधेसी तथा पहाडी जनतालाई अलग गर्न खोज्ने विधेयक फेल गराउने योजना सुनाए ।
लोकतान्त्रिक मधेसी संगठनका अध्यक्ष समेत रहेका महासेठले अहिलेको संविधान संशोधन मधेसी जनताको माग नभएको र बाह्य इशारामा बिधेयक ल्याइएको आरोप लगाए ।
एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले सरकारले स्वाभिमान र स्वतन्त्रता माथि नै धावा बोल्ने काम गरेको दाबी गरे । उनले स्वाभिमानी नेपालीलाई भन्दा पनि कतैकतैको प्रभुलाई खुशी पार्न उद्दत रहेको बताउ“दै जनताको आन्दोलनलाई कमजोर नआ“क्न चेतावनी दिए ।
कपिलवस्तुका एमाले सांसद सिराज फारुकीले संसदमा कमजोर भए सडकबाट सशक्त दबाव दिइने बताए ।
सभालाई कांग्रेस, राप्रपा लगायतका दलका नेताले पनि सम्बोधन गर्दै ५ नम्बर प्रदेश विभाजन विरुद्ध आन्दोलन निरन्तर रहने बताए । मधेसी मोर्चाले सभा विथोल्ने चेतावनी दिए पनि ठूलो संख्याको जुलुसका कारण मोर्चा कार्यकर्ता सदरमुकाममा निस्किएनन् ।
पाल्पाको तानसेनमा एमाले नेता शंकर पोखरेलको उपस्थितिमा ठूलो प्रदर्शन र जनसभा भएको छ । सो सभालाई पोखरेल र जनमोर्चाकी सांसद दुर्गा पौडेलले सम्बोधन गरेका थिए । त्यसक्रममा नेता पोखरेलले सरकारले जबर्जस्ती गरेर राष्ट्रियतामाथि नै खेलवाड गरिरहेको बताए । उनले सरकारले देश र जनताको हितलाई भन्दा पनि आफ्ना प्रभुहरुलाई
त्यस्तै बर्दियामा एमाले नेता ठाकुर गैरको उपस्थितिमा प्रदर्शन भएको छ भने रोल्पामा कांग्रेस नेता चन्द्र भण्डारी र अमरसिंह पुनको अगुवाईमा प्रदेश विभाजन विरुद्ध प्रदर्शन भएको छ ।
सभालाई सम्बोधन गर्दै संसदमा मतदानबाट ५ नम्बर प्रदेश विभाजनको अवस्था आएमा आफूले सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने बताए । उनले जनता भन्दा ठूलो पार्टी होइन भन्दै जनताको आदेश पालना गर्न पार्टीको ह्वीप समेत उल्लंघन गर्न आफूहरु तयार रहेको बताए ।