कृष्णचन्द्र बस्याल
वैज्ञानिक अनुसन्धानको प्रकृति विज्ञानमा हु“दा त्यसको मूल भूमिका शिक्षकको हुन्छ । विज्ञानको विस्तृत ज्ञान सञ्चालन गर्नुभन्दा बढी महत्वपूर्ण कुरा शिक्षकले आपूmले जानेका कुरा पढाउने क्रममा कसरी उपयोग गर्छ भन्ने नै हो । विज्ञान विषयको मूलभूत क्षेत्रहरू जीव विज्ञान, भौतिक विज्ञान र भू–अन्तरिक्ष विज्ञान पर्दछन् । सारमा भन्नुपर्दा विज्ञान पठनपाठनमा कलाको आवश्यकता पर्दछ । किनभने कक्षाकोठामा शिक्षकले ठोस भौतिक वस्तुलाई सहज रूपमा प्रयोगात्मक र प्रदर्शन विधिको प्रयोग गर्दै विद्यार्थीको अनुहारमा खुशी र आत्मविश्वास बढाउनमा सहयोग पु¥याउने किसिमले शिक्षण सिकाई क्रियाकलाप गर्नुपर्दछ । विज्ञानले मनभित्र भएका डर, त्रास, हिनताबोध जस्ता मानसिक भावना पखालिन्छन् । यी सबै कुराहरूलाई परिवर्तन गराउनमा शिक्षकले मद्दत गरेमा मात्र शिक्षणमा कलाको स्थान राम्रो रहेछ है भन्दै सन्देश एक आपसमा साटासाट गर्न मद्दत हुन्छ ।
सार्वजनिक शिक्षामा शैक्षिक गुणस्तरमा वृद्धि गराउनमा बदलिदो परिवेशलाई आत्मसाथ गर्ने जनशक्ति विद्यालय तहमा प्रवेश गराउनु पर्छ । त्यो भनेको वैज्ञानिक तवरले अनुसन्धानलाई सजिलै शिक्षणस“ग जोड्न सक्ने क्षमताबानलाई बुझ्न सकिन्छ । आधारभूत तहदेखि नै विज्ञान पठनपाठनमा ठोस वस्तु, चित्र र शब्दद्वारा प्रष्ट पारिदिनु पर्छ । अनि मात्र विद्यार्थीको वैज्ञानिक दृष्टिकोण व्यापक बनाउनमा सहयोग हुन्छ । उदारहणका लागि विद्यालयमा विद्यार्थीलाई हरियो तरकारीको बारेमा अनुसन्धान गर्न लगाउने र चित्र बनाउन लगाउने गर्नुपर्छ । काउली, भान्टा, बन्दा, रायो, खुर्सानी र फर्सी आदि तरकारी विद्यार्थीहरूले देखिरहेका हुन्छन् । शिक्षणको क्रममा यस्ता वस्तुहरूको शिक्षणमा अभ्यस्त गराउ“दै जाने हो भने गुणस्तर वृद्धि गराउनमा सहजता हुन जान्छ । विज्ञानको क्षेत्र फराकिलो छ जसले गर्दा साधन स्रोतलाई व्यापक रूपमा उपयोग मानव जातिहरूले गरिरहेका छन् । घरमा बसी–बसी विश्व समाजको बारेमा थाहा पाउन सकिन्छ । घण्टौं, हप्तादिन दिनसम्म हिंडेर जाने ठाउ“हरूमा अहिले केही समयमै पुग्न सकिने यन्त्रहरू परिचालित भइरहेका छन् । यसको श्रेय विज्ञानलाई जान्छ । त्यसैले भन्ने गरिन्छ मानव जातिले कुनै काम गर्दा दुई दिन समय लाग्नेलाई यन्त्रद्वारा मिनेट भरमा फत्ते गरिदिन्छ । त्यस्तो खालको यन्त्र, मेसिन लगायत पाटपूर्जाका बारेमा जानकारी गराउनु शिक्षकको दायित्वभित्र पर्छ या पर्दैन ? किनभने विज्ञान शिक्षकबारे यी सबै कुराको शिक्षणको क्रममा बताउनु र सिकाउनु महत्वपूर्ण भूमिका हो भनी वैज्ञानिकहरूले दाबी गरेका छन् ।
विद्यार्थीलाई विज्ञान सिकाउने क्रममा ठोसवस्तुको अवलोकन गराउनु पर्छ । अनि मात्र उनीहरूमा रुची बढ्छ । किनभने वास्तविक वस्तुको खोजले र प्रदर्शनले गर्दा विज्ञानमा रुची बढ्छ । सुन्नुमा र प्रत्यक्ष वस्तुलाई देखाएर त्यसको बारेमा बताइदि“दा विद्यार्थीहरूले गहिराइका साथ सहभागी हुन्छन् । पूर्ण एकाग्रताका साथ त्यसमा डुब्छन् । शिक्षणको कलाई शिक्षकले आपूmलाई कत्तिको उभ्याउन सक्छन्, त्यो महत्वपूर्ण कुरा हो । विज्ञान सिक्ने क्रममा विद्यार्थीहरूले ठोसबस्तुहरू अवलोकन गरेर कक्षा कोठामा ती बस्तुहरूको बारेमा थाहा पाउन असम्भव हुु“दैन । उनीहरूमा आपूmभित्र भएका सामथ्र्यलाई उजागर गर्न थाहा पाउन असम्भव ह“ुदैन उनीहरूमा आपूmभित्र भएका सामथ्र्यलाई उजागर गर्न तल्लिन देखिन थाल्छन् । प्राथमिक तहका विज्ञान शिक्षकहरूमा विद्यार्थीलाई सकेसम्म ठोसबस्तुमा वास्तविकता हुन्छ भन्ने बोध हुनुपर्छ । अनि वास्तविक बस्तुलाई शब्दद्वारा कतिपय तथ्य, सिद्धान्त र जानकारी प्राथमिक तहदेखि नै प्रत्येक बालबालिकालाई धारणा बसाल्दै लैजाने हो, भने उनीहरूलाई मनमा लागेका कुरा प्रत्यक्ष खोजीनीति गर्न तयार हुन्छन् । प्रश्न उठ्छ, एउटा शिक्षकले कतिसम्म विज्ञान विषयमा पोख्त छ ? जा“गर कति गरेको हुन्छ ? अब जान्नु जरुरी छ ।
प्राथमिक तहका बालबालिकाहरू बढी जिज्ञासु हुनेहु“दा ठोस वस्तुको अवलोकन गराउनका लागि उनीहरूको सामुन्ने राखिदिनु जरुरी छ । किताबमा भएका चित्रहरू पनि वास्तविक वस्तु प्रत्यक्ष रूपमा अगाडि विरुवा वा कुनै समान राखिदिनु पर्छ । शिक्षकले ती वस्तुहरूको आकार, नाप, बनावट, खस्रो पात, चिल्लो पात, गोलाई आकार चुच्चोपन, रंग आदि बारे थुप्रै कुरा सजिलैस“ग थाहा पाउने गरी बताइदिनु पर्छ । त्यसपछि बालबालिकाको दिमागमा बस्तुको धारणा अमिट भएर बस्न पुग्छ । यो शिक्षण सार्थक मात्र होइन रोचक र सजीव अभ्यास समेत बन्न पुग्छ । भौतिक विज्ञान भनेकै ठोस बस्तु हो । गाउ“ घर विद्यालयको वरिपरि भएका विभिन्न खालका विरुवा, निर्जीव बस्तुहरूलाई फिल्डमा नै विद्यार्थीहरूलाई लगेर सैद्धान्तिक धारणा बसालिदिने हो भने मात्र विद्यार्थीहरूले विज्ञान विषय सजिलै सिक्न सक्नेछन् । यसरी सिकेका कुराहरू दिगोपन हुन्छ । टिकाउ“ हुन्छ । आज यी क्रियाकलाप शिक्षक र विद्यार्थीबीच कम मात्रामा हुने हु“दा माथिल्लो कक्षामा पुग्दासम्म विद्यार्थीहरूले सहज तरिकाले सिकिसकेका हुन्छन्, अनि शैक्षिक गुणस्तरमा प्रत्यक्ष रूपमा प्रभाव परेको देख्छौं । विज्ञान विषयलाई विद्यार्थीमाझ सहज बनाउनका लागि प्रत्येक आधारभूत विद्यालय तहदेखि नै सुविधायुक्त ल्याब, अनुसन्धान केन्द्र र वास्तविक ठोस वस्तुहरू सहज तरिकाले उपलब्ध हुने गरी सम्बन्धित निकायले व्यवस्थापन गरिदिनु पर्छ । त्यसपछि विज्ञान शिक्षकले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा भएका कुराहरूलाई वास्तविक ठोस वस्तुको माध्यमद्वारा शिक्षण गर्दा मात्र विद्यार्थीहरू पनि खुशी हुने वातावरण बस्दै जान्छ । सिकाई दिगोपन बन्दै जान्छ । प्रत्येक विद्यालयलाई अनुसन्धानमूलक शिक्षण विधि अपनाउनतर्फ प्रेरित गराउनु आजको आवश्यकता हो ।
विद्यार्थीहरूलाई कक्षाकोठाभन्दा बाहिर लगेर पाठस“ग सम्बन्धित भएका कुराहरू स्थलगत अवलोकन र निरीक्षण गर्न लगाई तिनीहरूको महत्व, उपयोगको बारेमा शिक्षकले सैद्धान्तिक ज्ञान प्रदान गर्नु पर्छ । जस्तै गाउ“ घरका विद्यालयहरूको वरिपरिको वातावरणमा प्राप्त गर्न सकिने धनियाको साग, बेलौतीको रुख, तोरी लगायत थुप्रै कुराहरूलाई सहज तरिकाले प्रयोग गर्न र फाइदाकोे बारेमा बताउन सकिन्छ । त्यसैले शिक्षण गर्दा यी क्रियाकलाप गराउन प्राविधिक रूपले केही कठिनाई हुन सक्छ, तर पनि हिम्मतका साथ लागू गर्दै जाने हो भने सजिलो र सहज बन्दै जान्छ । तर कुनै वस्तुस्थिति, जनावर, विरुवाको बारेमा कक्षाकोठामा छलफल र बहस चलाउ“दै जाने र स्वम् विद्याथीहरूबाटै उपलब्ध गराउन सक्ने वातावरण बनाउन सकेको खण्डमा पक्कै शिक्षण प्रभावकारी बन्न जान्छ ।
विज्ञानका प्रत्येक सिद्धान्तहरू लामो समयसम्म गरिएको प्रयोग तथा अनुसन्धानको प्रतिफलहरू हुन् । शिक्षकले प्रयोगका लागि सामग्री छनौट गर्दा सकेसम्म सावधानीपूर्वक छनौट गर्नु पर्दछ साथै सो शैक्षिक सामग्री चलाउनु भन्दा पहिले विषयवस्तुस“ग मेलखाने छ कि छैन ध्यान दिनु पर्दछ । यो कुरा किन भनिएको हो भने एक पटक प्रयोग भैसकेको ठोस वस्तुहरूलाई पुनः प्रयोग गर्नु पर्ने अवस्था टुटफुट हुनबाट जोगाउन भण्डारण सुरक्षित राख्न, खोजिएको बेलामा सजिलै उपलब्ध होस् भन्नाका निम्ति पनि सुरक्षित र उपयुक्त ठाउ“मा भण्डारण गर्नु पनि शिक्षकको कर्तव्य हुन आउ“छ । हाम्रो चलन के छ भने विज्ञानमा भएका कुराहरू जस्तै, जनावर, जीवजन्तु, वनस्पति, बोटविरुवा, फलपूmल लगायत थुप्रै वस्तुहरूलाई सक चित्र बनाएर नसके सैद्धान्तिक शब्दहरूद्वारा शिक्षण गर्ने परिपाटी व्यापक रहेको पाउ“छौं । त्यसैले गर्दा सामुदायिक विद्यालयका विद्यार्थीहरू विज्ञान विषयमा निक्कै कमजोर अवस्थामा हुनु यही कारण हो भनी विज्ञहरूले आफ्नो राय प्रकट गरेका छन् ।
भनिन्छ, इन्जिनियरहरूले अध्ययन गरेको ज्ञानमध्ये आधा त दुई तीन वर्षभित्रै अप्रचलित, असान्दर्भिक भइसक्छ । किनभने समय धेरै अगाडि बढिसकेको र त्यसको ठाउ“ नया“ ज्ञानले लिइसक्छ । डाक्टरदेखि कम्प्युटर प्रणालीसम्म सबैको कुरा यस्तै हो । वैज्ञानिक तथ्यहरू सिक्नु र सिकाउनु महत्वपूर्ण कुरा हो । जुन खोजिनीति र कार्यपूर्वक अनुसन्धान गरी त्यसको परिणाम बाहिर ल्याउनु नै विज्ञानको ध्येय मान्न सकिन्छ । त्यसैले विज्ञान शिक्षकहरूले विद्यार्थीहरूको दिमागमा असंख्य तथ्य र सिद्धान्तहरू खा“दी–खा“दी भर्नु जरुरी छैन । विद्यार्थीलाई ठोस बस्तुद्वारा विज्ञान सिकाउनु पर्छ । जसले गर्दा विद्यार्थीलाई विज्ञान सिक्न उत्साहित गर्दा स्वयम् शिक्षकको पनि ज्ञान बढ्ने कुरा अनुसन्धान मार्फत पुष्टि भएको छ ।
अन्त्यमा विज्ञानले विद्यार्थीहरूलाई नया“ नया“ खोज तथा अनुसन्धानतर्फ प्रेरित गरेको हुन्छ । ठोस बस्तुद्वारा शिक्षण क्रियाकलापलाई अगाडि बढाउनु शिक्षकको धर्म पनि हो । वास्तविक तथा ठोस बस्तुमा शिक्षण क्रियाकलाप गराउ“दा सिकाई दिगो र टिकाउ हुन्छ भनी विज्ञहरूले पनि भन्ने गर्दछन् । विज्ञानले सिकारुलाई ठोस र वास्तविक बस्तुद्वारा शिक्षण कार्यमा जोड दिनुपर्छ भन्ने मान्यता राख्छ । सोही कुरामा शिक्षाविद्हरूले बहस गर्ने गर्छन् । शिक्षणलाई सजिलो बनाउन र विद्यार्थीहरू सिक्न तयार बनाउनका निम्ति विद्यालयको सेवाक्षेत्रभित्र मनग्यै पाइने वस्तुहरू जस्तैः ढुङ्गा, माटो, काठ, कागज, प्लाष्टिक, पानी, फलपूmलहरू विभिन्न प्रकारका पातहरू, अन्नहरू र साना बोटविरुवा आदि संकलन गरी ती बस्तुहरूको व्यवहारिक ज्ञान विद्यार्थीहरूलाई दिइसकेपछि मात्र ती बस्तुहरूको अवलोकन गराउ“दै सैद्धान्तिक धारणाको विकास गराउने तर्फ अग्रसर हुनुपर्ने देखिन्छ । बस्तुको गुण वा विशेषता पत्ता लगाउन विद्यार्थीहरूलाई नै प्रेरित गराउनु पर्ने आजको आवश्यकता रहेको छ । शिक्षण कार्यलाई व्यवहारिक बनाउनका लागि पनि विज्ञान शिक्षकले बोट विरुवा र अन्य बस्तुहरूको बारेमा व्यवहारिक उपयोगिता जस्तै पेट दुख्दा, ज्वरो आउ“दा गरिने र खेत बारीमा अन्न उत्पादन बढाउनका लागि खेतमा झारपातबाट कम्पोष्ट मल बनाउनदेखि अरु कुराहरूलाई समेत मध्ये नजर राख्दै शिक्षकले कलात्मक तरिकाले शिक्षण गरेको खण्डमा समाजमा प्रसंशा नहोला चाहि“, भन्न सकि“दैन । विज्ञान शिक्षकहरूले विद्यार्थीहरूलाई बोझ बोकाउने होइन, बरु विज्ञानले त गर्न सिकाउनुपर्छ भन्ने कुरामा सबैको ध्यान जानु पर्ने देखिन्छ ।