बुटवल, । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पा“च नम्बर प्रदेश टुक्राउने संशोधन प्रस्ताव फेल भए नेपाल भारत सम्बन्ध अझै सुमधुर र प्रगाढ हुने दाबी गरेका छन् । उनले नेताहरूले ठेक्का लिने प्रवृत्तिका कारण परराष्ट्र नीति कमजोर हु“दा दुई देशबीचको सम्बन्धलाई पनि नेतृत्व तहबाटै आफू अनुकुल बनाउने प्रपन्च भारतले रचेको र अहिले संसदमा रहेको संशोधन प्रस्ताव पनि सोही अनुसार आएको बताए ।
भारतले संविधान संशोधन गरी मधेशको मुद्दाहरू संशोधन गर्न निरन्तर दबाब दि“दै आएको बताइन्छ । ‘यो संशोधन प्रस्ताव फेल गराउन सकिए मात्रै नेताको ठेक्केदारीमा दिल्लीले विश्वास नगर्ने र जनतास“ग सबन्ध बढाउन केन्द्रित हुन्छ’ भण्डारीले भने । प्रेस युनियन रूपन्देहीले शनिबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गुल्मी क्षेत्र नम्बर दुईका सांसद समेत रहेका नेता भण्डारीले भारतले नेपाली जनतास“ग सम्बध बढाउन चाह्यो भने सीमा स्तम्भ पनि नढल्ने र सीमा पनि नमिचिने बताउ“दै त्यतिबेला नेपाल भारतबीचको सम्बन्ध अझै स्वच्छ र स्वस्थ्य हुने जिकिर गरे ।
गुल्मी, पाल्पा, अर्घाखा“चीलाई कुनै पनि हालतमा चार नम्बर प्रदेशमा मिलाउन नसकिने उनले बताए । सरकारले पा“च नम्बर प्रदेशमा रहेका पहाडी जिल्लालाई छुट्याउने गरी संशोधन प्रस्ताव संसदमा दर्ता गरेस“गै त्यस बिरूद्ध आन्दोलनमा रहेका नेता भण्डारीले मुलुकको रक्षा, राष्ट्रिय अस्मिताका लागि पनि संशोधन प्रस्ताव विफल पार्नुपर्ने भनाइ राखे । उनले भने, ‘अहिले गौतमबुद्ध भएको भए पनि खुकुरी लिएर आन्दोलनमा निस्किन्थे होला ।’
फरक प्रसंगमा उनले संविधान कार्यान्वयनका लागि जसरी भए पनि सरकारले चुनाव गराउनुपर्ने बताए । मुलुकको राष्ट्रियताको चिन्ता पहाडी समुदायमा भन्दा तराईका जनतामा बढी भएको बताउ“दै उनले सीमा सुरक्षामा मधेशी जनतले देखाएको योगदानलाई कम आ“कलन गर्न नसकिने उल्लेख गरे । मधेशी जनताले राष्ट्रियता प्रति देखाएको लगावलाई सम्मान गर्न र संविधान कार्यान्वयनका लागि पनि सरकारले जसरी भए पनि चुनाव गराउनुपर्ने बताए । ‘मधेशका अधिकांश ठाउ“मा कांग्रेस, एमाले र माओवादीले चुनाव जितेका छन्’ उनले भने, ‘चुनाव हारेका ह्दयेश त्रिपाठी, राजेन्द्र महतो,महन्त ठाकुरले भन्दैमा चुनाव नहुने भन्ने होइन, चुनाव गर्नुपर्छ ।’ उनले अनेक बहानामा नागरिकता बा“ड्दै जाने हो भने मुलुकको भविष्य संकटमा पर्ने जिकिर गरे ।
९० प्रतिशत जनताले अनुमोदन गरेर संविधान जारी गरिएकाले जसरी पनि संविधान कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै यति ठूलो संख्याले जारी गरेको संविधान कार्यान्वयन गर्न नसक्ने भन्दै नेतृत्वको आलोचना गरे । संविधान जारी गर्दाको सहयात्री दल एमालेलाई छाडेर संविधान कार्यान्वयन हुन नसक्ने बताउ“दै संविधान कार्यान्वयनका लागि एमालेलाई स“गै लिएर हिड्नुपर्ने उनको भनाइ छ । त्यस्तै नेपाली कांग्रेसका रोल्पाका सभापति तथा सांसद अमर सिंह पुनले जातका नाममा अनावश्यक प्रोपोगण्डा नगर्न आग्रह गर्दै पार्टीबाट निष्कासित नै हुनु परेपनि संशोधन प्रस्तावको विपक्षमा रहेको बताए । संविधान सशोधनमा पार्टीको ह्विप मान्न समेत नसकिने स्पष्ट पारे । रोल्पाका जनता पनि पा“च नम्बर प्रदेशको विभाजनको विरूद्धमा निरन्तर आन्दोलित छन् । कार्यक्रम युनियन रुपन्देहीका सभापति बिक्रम खड्काको सभापतित्व र सचिव कबिन्द्र नेपालको सञ्चालनमा भएको थियो ।