कपिलवस्तु, । पश्चिम नेपालका कपिलवस्तु, अर्घाखा“ची, पाल्पा र गुल्मीमा शनिबारबाट माघी मेला शुरू भएको छ । हरेक वर्षजस्तै यसवर्ष पनि पश्चिम नेपालको कपिलवस्तु स्थित रामघाट, लक्ष्मणघाट, गुल्मी पाल्पाको संगमस्थल रूरूधाम रिडी अर्घाखा“चीको सन्धीखर्क र मथुराबेसीमा माघीमेला लाग्ने गर्दछ । मेलाको दिन बिहान श्रदालुभक्तजनले नजिकको नदी, खोला, तालतलैमा स्थान गरी माघीको पुजाआजा गर्ने गर्दछन् ।
तराईका जिल्लामा थारू जातिले माघीलाई खिचडीका रुपमा मनाए पनि पहाडी क्षेत्रमा वसोबास गर्ने अधिकाशले माघीलाई मनाउने गर्दछन् । मेलामा सुन्तला, तरुल, सखरखन्न लगायतका खाद्य वस्तुको व्यापार हुने गर्दछ । शनिबारबाट मकर राशी शुरू हुने हु“दा माघीपर्वलाई मक्रंर संक्रान्तिका रुपमा समेत मनाइनुका साथै दिनसमेत लामो र रात शनिबारबाट छोटा हुने बताइन्छ ।
कपिलवस्तुमा माघी मेला
