न्यू होराइजनमा कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

मेचीकाली संवाददाता

२९ श्रावण २०७९, आईतवार
633 shares

बुटवल । राष्ट्रकै अब्बल शैक्षिक संस्था बुटवलस्थित न्यू होराइजन माध्यामिक विद्यालयले आइतबार कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । तिलोत्तमास्थित बोधी भिल्ला रिर्सोटमा आयोजित कार्यक्रममा शैक्षिक अभिमुखीकरण गर्दै विद्याथीलाई ‘वेलकम’ गरेको हो । कार्यक्रममा वरिष्ठ ‘मोटिभेरट’ डा. ताराप्रसाद गिरीले विद्यार्थीलाई जीवन जिउने कला, सीप र अध्ययन क्षमतावृद्धिका विषयमा सहजीकरण गरेका थिए ।

विद्यार्थीको अध्ययन तथा सिकाइका लागि शिक्षक, अभिभावकसँगै शैक्षिक संस्थाको वातावरण पनि उत्तम हुनुपर्ने उल्लेख गर्दै डा. गिरीले नम्बरका आधारमा विषय छनौट तथा अध्ययन गर्नुभन्दा पनि लगन र मेहनेत गरे जस्तासुकै उपलब्धीहरू हात पार्न सकिने बताए । अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले अभिभावकले विद्यार्थीलाई आफ्नो रुचिको विषय पढ्न पाउने गरी सहजीकरण गरिदिनुपर्ने बताए ।
पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा विद्यालयका क्रिकेट प्रशिक्षक शक्ति गौचन अध्ययनसँगै जीवनमा खेलकूलमा पनि विद्यार्थी रुचि हुनुपर्ने बताए । विद्यालयका उपप्राचार्य राजीव श्रेष्ठले प्राध्यापकहरूको परिचय सहित संवोधन गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय अध्यक्षता, उपप्राचार्य बाशुदेव अर्यालको स्वागत तथा व्यवस्थापन संकायका संयोजक प्रकाश खनाल र सामाजिक विषयका संयोजक प्रकाश गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो । सो अवसरमा बसन्त श्रेष्ठ सहितको टीमले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।