बोलबम धाममा एक महिने स्वास्थ्य शिविर सम्पन्न

मेचीकाली संवाददाता

३० श्रावण २०७९, सोमबार
295 shares

बुटवल । सैनामैना जेसिज र यूथ फर नेशनको आयोजनामा सैनामैना नगरपालिका २ स्थित पर्रोहा बोलबम धाममा एक महिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । साउन मअिनाको अन्तीम सोमबार बोलबम धाममा एक कार्यक्रममको आयोजना गरि शिविर समापन गरिएको हो ।
कार्यक्रम सैनामैना जेसिज वर्ष २०२२ का अध्यक्ष जेसि रामचन्द्र ढकालको अध्यक्षता, सैनामैना नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थी, सैनामैना नगरपालिका ३ का अध्यक्ष तमबहादुर पुर्जा, शिविरमा नियमित बिरामी चेकजाँच गर्दै आएका डा. निकोलश भुसाल, पर्रोहा बोलबम धामका अध्यक्ष रामवली चौधरी लगायतको उपस्थितीमा भएको थियो ।

कार्यक्रममा सैनामैना जेसिजका पुर्व अध्यक्ष शुसाव पौडेल, बोलबम धामका अध्यक्ष रामवली चौधरी, यूथ फर नेशनका अध्यक्ष डा. निकोलश भुसाल, सैनामैना नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थी लगायतले आ–आफ्नो भनाई राख्दै एक महिना लामो शिविरले सामान्य नागरिकसम्म स्वास्थ्य सेवा पुगेको र बोलबम धाम स्वास्थ्यका हिसावले पनि सुरक्षित रहेको आवास मिलेको बताए । डा. भुसालले एक महिनाको अवधीमा पाँच हजार बढी बिरामीको स्वास्थ्य जाँच गरिएको र पाँच लाख बढी मुल्यको औषधी र अन्य स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिए ।

त्यस्तै कार्यक्रममा वर्ष २०२२ का अध्यक्ष ढकालले सबैको साथ र सहयोगबाट एक महिना लामो शिविर सम्पन्न गर्न जेसिज सक्षम भएको बताउँदै सहयोग गर्ने सबलाई धन्यवाद व्यक्त गरे । सैनामैना जेसिज वर्ष २०२२ का स्वास्थ्य संयोजक श्याम कंडेलको स्वागत तथा कार्यकारी उपाध्यक्ष यदुनन्द भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।