डा.प्रकाश बुढाथोकी
एक सातादेखी पहाड र हिमालमा हिमपात भई जाडो ह्वात्तै बढेको छ । तराईमा बाख्लो हुस्सुका साथै शितलहरले चिसो बढाएको छ । जाडोले कठयाड्डिने,बिरामी पर्ने जस्ता समाचारहरु दिनप्रतिदिन संचार माध्यममा आईरहेकै छन् । चिसो शुरु भएस“गै कोठा न्यानो बनाउन खोज्दा निस्सासिएर १ दर्जन बढीले मृत्यृवरण गरिसकेका छन् भने रोगी हुने र जटिलता हुनेको संख्या अनगिन्ती नै छ । अछाम, दैलेखका छाउ“गोठमा समेत धु“वाले निस्सासिएर किशोरीहरु सिकार भएका छन् ।
अत्यधिक चिसो र शीतलहरले झाडापखाला, निमोनिया, टाउको र छाति दुख्ने, हातखुट्टाका औंला र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेका“ही घाउ हुने, रुघाखोकी, दम र यसका जटिलताहरू, छालासम्बन्धी समस्याहरू, दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुख्खा हुने, फुस्रो हुने र फुट्ने, चिसोको एलर्जी हुने, अपच, पखाला, आउ“ जस्ता पाचनसम्बन्धी रोगहरू र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याएकाले अस्पतालहरुमा भीड छ । मुटु, श्वासप्रश्वास र दमका पुराना विरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पारेकाले उनीहरुकै भीड बढी छ । मौसम भोज भतेरको भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्याष्ट्रिईटीस, झाडा, बान्ता, पखाला हुने र जण्डिस, टाईफाईड पनि प्रशस्त पाईन्छ । जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप मात्र बढ्दैन, प्राय सबै दीर्घकालीन रोगहरु बढी गम्भीर बन्छन ।
शहरबजारमा मर्नीङ वाक र गाउ“घरमा कामका लागि एकाबिहानै घर बाहिर निस्कदा घट्दो तापक्रम, चिसो हावाले रक्तधमनीको पर्खाल बाक्लो हुने वा रक्तनली खुम्चने तब रक्तसंचार कमी भई रगत र अक्सिजन नपुगी तथा खुम्चेको नसामा रक्तप्रवाह गर्दा पर्ने अतिरिक्त परीश्रमले मुटुमा असर परी ह्दयाघातको सम्भावना बढाउछ । त्यस्तै रक्तप्रवाहको कमिले स्ट्रोक, मांशपेसी र जोर्नीको पीडा, स्वासनली खुम्ची दम, निमोनिया ६० बर्ष बढी उमेरमा हाड खिईने, एलर्जी, टन्सिल, हातखुट्टा सुन्निने, निलो हुने गर्दछ । सामान्य रक्तचाप भएकामा बढ्ने, नियन्त्रणमा रहेकोमा अनियन्त्रित हुने र पहिलेदेखि नै अनियन्त्रित भएकोमा अचानक बढेर आकस्मिक उपचारमा जाने गर्छन् । जाडोमा रगतको प्लेटलेट बढी सक्रिय भई रगत जम्नसक्छ, सेतो, रातो र प्लेटलेटको संख्यामा १० प्रतिशत जति बृद्धि हुन्छ । रगतको गाढापनामा २० प्रतिशत बढछ । तसर्थ प्रत्येक ब्यक्तिमा रगत जम्ने सम्भावना गर्मीको तुलनामा बढी हुन्छ ।
जाडोमा शरीर तताउन मद्यपानलाई सजिलो बिकल्प ठानी मातेर राति ढलेकाहरु भोलिपल्ट बिहान नउठन पनि सक्छन । तत्काल न्यानो अनुभूति भएपनि त्यो भ्रम मात्र भएकाले शरीर तातो नभई चिसो हुने भएकाले विशेष साबधानी अपनाउनुपर्ने हुन्छ । शरीरको तापक्रम ३४ डिग्री सेल्सियस भन्दा तल झरेको अवस्थालाई शितांग भनिन्छ । यस्तो बेला हातखुट्टा चिसो हुनुका साथै सास फेर्न असजिलो, मुटुको चाल बढ्ने, रक्तचाप कम हुने र शरीरको तापक्रम कम भएपछि मृत्यृसमेत हुनसक्छ । शरीरको तापक्रम ९० डिग्री फरेनहाईटभन्दा कम भए जीउ काम्न बन्द हुन्छ,सोच्न र बोल्न असजिलो हुन्छ । यस्तै शरीरको तापक्रम ८६ डिग्री फरेनहाईट भन्दा कम भए बिरामी हिंडन सक्दैन, शरीरका सबै अंगले काम गर्न छाड्छन र मृत्यृ हुन्छ ।
तर कोठा वा शरीर तातो बनाउ“दा
सामान्यत सहीरुपले बल्न नसकेको स्टोभ,हिटिड्ड सिस्टम,जेनेरेटर तथा चुरोट र मट्टीतेल, ग्यासबाट चल्ने हिटर, गिजर तथा स्टोभ आदिको ग्यास तथा धुव“ामा कार्बन मोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । सी.ओ.को सामान्य सम्पर्कमा आउ“दा शुरु शुरुमा अलि अलि टाउको दुख्छ । निरन्तर सम्पर्कमा रह“दा तीव्र टाउको दुखाई, रिगटा, थकान, वाकवाकी, चिटचिट हुने जस्ता समस्या देखिन सक्छ । निर्णय क्षमता, स्मरण शक्ति र अंगमा तालमेलको कमी, स्नायुतन्त्रमा दीर्घकालीन हानी, सिक्ने र सम्झने क्षमतामा अभाव हुन्छ । ग्यासले कमजोर बनाउछ, चेतना हराउछ, प्रभावित ब्यक्ति कराउन पनि सक्दैन र स्लिपिड्ड टयाब्लेट खाएझै लठ्ठ पर्छन र अन्तत तिनको मृत्यु हुन्छ । शरीरमा वा रगतमा सी.ओ.को मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाई लाग्ने हुन्छ, ४० प्रतिशत पुग्दा बेचैनी बढ्छ । रगतमा सी.ओ.को मात्रा ६० प्रतिशत ह“ुदा मान्छेले चेतना गुमाउ“छ,बेहोसी बन्छ र मात्रा ८० प्रतिशत पुग्दा मानिसको मृत्यु हुन्छ ।
सावधानी
चिसोमा शारीरिक गतिविधि न्यून, खानपीन बढी,तौल बढ्ने लगायतले रक्तचाप र मधुमेह जस्ता रोगको जोखिम बढ्छ । मुटुरोगी, रक्तचाप नियन्त्रण नभएकाहरु, बुढापाका, मिर्गाैला, मधुमेह,दम लगायतका दीर्घरोगी घाम उदाएका बेला अर्थात बिहान ९ बजेदेखि सा“झ ४ बजेसम्म एक दुई घण्टा हिड्न जरुरी हुन्छ । धु“वँ धूलोबाट बच्ने,न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसम अनुसारका ताजा फलफुल तथा सागपात पर्याप्त मात्रामा खाने,सरसफाईमा बढी ध्यान दिने, प्रशस्त मात्रामा तातो झोल पदार्थ खाने गर्दा चिसोबाट उत्पन्न समस्या र जटिलताहरुबाट बच्न सकिन्छ ।
यसका अतिरिक्त धुलो, धु“वा, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउने गर्नु पर्दछ । शरीर तथा कोठा न्यानो बनाउने निहु“मा धुम्रपान, मद्यपानको सेवन गर्ने, झ्याल, ढोका थुनेर गुईठा, दाउराको आगो बाल्ने गर्नु हु“दैन । सुत्ने समयमा बालेको आगो, हिटर निभाउनुपर्छ । हिटर वा अन्य क¬रा बाल्दा त्यसको नजिकै पानी राख्ने र बच्चा बच्चीको पहु“च भन्दा टाढा राख्नुपर्छ । बन्द कोठामा जेनेरेटर, गाडी वा धु“वा फाल्ने कुनै पनि यन्त्र चलाउन हु“दैन । दाउरा, ग¬ईठा र ब्रिकेट बाली कोठा तताउदा, न्यानो पार्दा झयाल ढोका खुला राख्नुपर्दछ । कोठामा हावाको उचित ओहोरदोहोर हुने ब्यवस्था मिलाउनुपर्छ । बाथरुममा ग्यास गिजर उपयोग गर्दा भ्mयाल वा भेन्टिलेसन खुलै राख्नुपर्छ ।
अन्तमा, बढी पानी बिशेषत मन तातो पानी, सुप, झोल पदार्थ पिउने, बिहानै बाहिर ननिस्की हुस्सु र चिसोबाट बच्ने, घरबाहिर घाम लागेपछि मात्र निस्कने, मोटरसाईकलमा नहिडने, उच्च रक्तचाप जस्ता दीर्घरोगहरुको औषधि नियमित खाने तथा चिसोजन्य खाद्यपदार्थ र वातावरणबाट बच्ने गर्नुपर्छ । नया“ संक्रमण हुने र पुरानो रोगमा जटिलता थपिने जोखिम चिसो मौसममा बढी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, खानपान, औषधिका बिषयमा चिकित्सकस“ग परामर्श लिईरहनुपर्छ । (डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सह–कोषाध्यक्ष हुन् ।)