बुटवल, । यस क्षेत्रका ग्यास बिक्रेताहरूले विगत १५ दिनदेखि जारी आन्दोलन स्थगित गरेका छन् । नेपाल आयल निगमले माघ १९ गतेभित्र आफूहरूका माग संबोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरेका हुन् । ग्यास बिक्रेता संघ,रूपन्देहीले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम स्थागित गरेको जानकारी गराएको हो ।
ग्यास बिक्रेता संघ, रूपन्देहीका अध्यक्ष बसन्त गौचनले उपभोक्ताको हितलाई मध्यनजर गर्दै उद्योगबाट ग्यास खरिद बिक्री बितरण गर्ने निर्णय गरिएको बताए ।
ग्यास बिक्रेता संघ, रूपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाले गत पुस १८ गतेदेखि सरकारले कमिसन घटाएको भन्दै आन्दोलन गर्दै आएका थिए । सरकारले बिक्रेताले प्रति ग्यास ५० रूपैया“ पाउ“दै आएकोमा घटाएर ३२ मा झारेपछि विक्रेताहरू आन्दोलन गर्दै आएका थिए । अब ग्यासको मूल्य १३०५ रूपैया“ भएको छ । ‘ग्यासको मूल्य घटेको छ’ गौचनले भने, ‘अब प्रति शिलिन्डर १३०५ रूपैया“ बिक्री वितरण हुन्छ । कसैले बढी बिक्री गरेको पाइए कारवाही हुन्छ ।’ बिक्रेताले ढुवानी भनेर ५० रूपैया“ निर्धारण गरेका छन् । बिक्रेताहरू प्रति सिलिन्डर ४० रूपैया“सम्म कमिशन पाउनुपर्ने माग उठाउदै आएका छन् ।
रूपन्देहीमा ३ सय ६० ग्यास बिक्रेता छन् । जिल्लामा मासिक १ लाख ग्यास सिलिन्डर खपत ह“ुदै आएको छ । बुटवल ग्यास प्रालिका सञ्चालक भुपालकुमार श्रेष्ठले आफूहरूले आयल निगमको निर्धारण गरेको मूल्यमै ग्यास बिक्री गर्ने बताए । जिल्लामा ४ वटा ग्यास उद्योग सञ्चालनमा छन् । कार्यक्रमको सञ्चालन संघका महासचिव नारायण नेपालले गरेका थिए ।
ग्यास बिक्रेताको आन्दोलन स्थगित
