प्रकाश आचार्य
बुटवल, । रूपन्देहीमा फौजी किराले गहु“बाली सखाप बनाउन थालेको छ । जिल्लाका १० गाविसको १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएका गहु“बालीमा फौजी किराको प्रकोप फैलिएको छ । जिल्ला कृषि विकास कार्यालय, रूपन्देहीका प्रमुख भोजराज सापकोटाले २० दिन अगाडिदेखि पहिलो पटक जिल्लामा देखिएको फौजी किराले ७ करोड रूपैया“ बराबरको गहु“बाली नष्ट गरेको बताए । सापकोटाले किराको प्रकोपले यस वर्ष जिल्लाको गहु“ उत्पादनमा ८ देखि १० प्रतिशतसम्म कमी आउन सक्ने बताए ।
किराले गहु“ बाली नष्ट गरेपछि किसानहरू चिन्तामा डुबेका छन् । प्रकोपले एक हजार किसानको गहु“ बाली नष्ट गरेको हो । सापकोटाले धकधई, पोखरभिण्डी, पजरकट्टी, छिपागढ, सिक्टहन, छोटकीरामनगर, बगाहा, बसन्तपुर र बोधबार र विष्णुपुराको १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहु“बाली कामै नलाग्ने गरी नष्ट भएको जानकारी दिए । किरा अझै नियन्त्रणमा आउन नसक्दा अन्य क्षेत्रमो गहु“ बालीमा समेत फैलिन सक्ने खतरा देखिएको छ ।
‘हजारौको संख्यामा बस्ने उक्त किराले एकसाथ एक स्थानबाट आर्मी शैलीमा चारैतिर फैलि“दै बालीको कलिलो भाग काट्ने र त्यसभित्रको रस चुस्छ । दिउ“सो बालीको जरामा लुकेर बस्ने र रातिमात्रै यसले आक्रमण गर्छ । रातभरिमा एक÷दुई हेक्टर बढी क्षेत्रफलको बाली नष्ट गर्न सक्छ ।’ सापकोटाले भने । दिउ“सो फौजी किरा नदेखिने तर बाली काटेर भुइ“मा झर्दा पशु चौपायाले चरेको जस्तो देखिन्छ । त्यसैले किसानहरू फौजी किराको प्रकोपबारे किसानहरूले ढिलो गरी थाहा पाउने कृषि कार्यालयको भनाइ छ ।
अहिले गहु“ले बाला लगाउन सुरू गरेको छ । कार्यालयका बाली विकास अधिकृत सहसराम चौधरीले जिल्लामा पहिलो पटक देखिएको फौजी किराले जिल्ला गहु“ उत्पादनमा ठूलो असर पु¥याएको बताए । जिल्लामा एक लाख १० लाख मेट्रिक टनसम्म गहु“ उत्पादन हुन्छ । ‘५ हजार हेक्टरको गहु“ कामै नलाग्ने गरी किराले नष्ट गरेको छ’ चौधरीले भने, ‘अन्य ७ हजार हेक्टरमा ६० प्रतिशतमा असर पु¥याएको छ । पहाडी जिल्लामाहरूमा फौजी किरा मकै र तोरीमा देखापर्ने भए पनि तराईमा व्यापक रूपमा रूपन्देहीमा मात्र देखिएको कृषि कार्यालयले जनाएको छ । यस वर्ष कपिलवस्तु र नवलपरासीको केही क्षेत्रमा पनि फौजी किरा देखा परेको बताइएको छ । ‘यस वर्ष तराईमा जाडो कम भयो, हुस्सु कुहिरो लागेन’ चौधरीले भने, ‘दिउ“सोमा २०÷२५ रातिमा १५ डिग्री सेल्सियस बढी तापक्रम हु“दा फौजी किरा तराईमा आएको हाम्रो अनुमान छ ।’ हिउ“द समयमा २० डिग्री भन्दा बढी तापक्रम हुने पहाडी जिल्लामाहरूमा विगत केही वर्षयता फौजी किरा देखि“दै आएको कार्यालयको भनाइ छ ।
रूपन्देहीमा ८२ हजार हेक्टर क्षेत्रफल मध्ये ३४ देखि ४० प्रतिशतमा मात्र गहु“ खेती लगाइन्छ । गहु“मा प्रकोप देखिएपछि क्षेत्रीय कृषि निर्देशनालय, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला र जिल्ला कृषि विकास कार्यालयले केही दिन अगाडि आकस्मिक अनुगमन किसानलाई विषादी वितरण गर्ने बताइएको छ । त्यसका लागि किसानलाई क्लोरोपाइरिस र साइपस मेथ्रिन–५ लाई मिसाएर दुई मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर १० दिनको फरकमा २÷३ पटक गहु“ बालीमा छर्किए किरा नष्ट हु“दै जाने बताइएको छ ।
जिल्लाको कृषि उत्पादन हुने ८२ हजार ६ सय २२ हजार हेक्टर क्षेत्रफल मध्ये करिब ४० हजार हेक्टर क्षेत्रफलमा ग“हु खेती हुन्छ । तर १० हजार हेक्टर क्षेत्रमा किसानहरुले तोरी, तरकारी, र मकै लगाउने गरेका छन् । यसवर्ष कृषि विकास कार्यालयले किसानहरुलाई अनुदानमा गहु“को बीउ समेत बितरण गरेको थियो । जिल्लामा गहु“ खेतीका लागि २० हजार हेक्टर क्षेत्रफलमा मात्र सि“चाई सुविधा रहेको छ भने, अन्य क्षेत्रमा आकाशे पानीको भरमा खेती गनुपर्ने अवस्था रहेको छ । यस वर्ष यस क्षेत्रमा पानी पर्न सकेको छैन ।
फौजी किराले १२ हजार हेक्टरको गहु“बाली सखाप
