भैरहवा, । नया“ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले मधेसी सामुदायको राष्ट्रियता र एकतामाथि शंका गर्नु अपराध भएको बताएका छन् । नेपाली सीमाको मधेसी सामुदायले नै रक्षा गर्दै आएको भन्दै उनले मधेसी सामुदायको राष्ट्रियता र एकतामाथि शंका गर्नु अपराध भएको बताए । भैरहवामा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा भट्टराईले खस आर्यले आफूलाई मात्र नेपाली ठान्ने र मधेसी भारतीय हुन ठान्ने प्रवृत्ति गलत भएको बताए ।
पूर्वप्रधानमन्त्री भट्टराईले नेपालमा अहिले जातीय अलगाववादी र पृथकतावादीहरु हावी हु“दै गएको र दुवै एउटै सिक्काको दुई पाटो भएको दावी गरे । उनले मधेसीलाई भारतीय भन्दै जातीय अलगाववादीको कुरा गर्ने एउटा समूह र मधेस अलग राष्ट्र हुनुपर्ने कुरा गर्दै आएको पृथकतावादीहरु एउटै स्थानबाट सञ्चालन भइरहेको उनको आरोप लगाए ।
उनले अघि भने, अलगाववादी को हो ? र, पृथकतावादी को हो ? तपाईहरुलाई राम्ररी थाहा छ ।’ नया“ शक्तिका नेता भट्टराईले मधेसी लगायतको माग सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर कार्यान्वयन गर्दै देशलाई विकासको मार्गमा लैजानु पर्ने बताए । देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय प्रणाली हुनु पर्ने भन्दै उनले यसको लागि १० लाख हस्ताक्षर संकलन गरी संसदमा बुझाउने बताए । कार्यक्रममा रुपन्देहीका बिभिन्न दलमा आवद्ध २ सय ९० जनाले अन्य पार्टी परित्याग गरी नया“ शक्ति नेपालमा प्रवेश गरेको पार्टीका जिल्ला संयोजक देवेन्द्र सागर पाण्डेले बताए ।
भट्टराईले नेपालमा अहिले जातीय अलगाववादी र पृथकतावादीहरु हावी हुदै गएको बताएका छन् । भैरहवामा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले मधेशीलाई भारतीय भन्दै जातीय अलगाववादीको कुरा गर्ने एउटा समूह र मधेश अलग राष्ट्र हुनु पर्ने कुरा गर्दै आएको पृथकतावादीहरु एउटै स्थानबाट सञ्चालन भै रहेको आरोप लगाए । मजदुरहरुको हकहितकालागि नया“ शक्तिले मुख्य एजेण्डा बनाएको र आफूलाई त्यसको सह संयोजकको जिम्मेवारी दिएकाले नया“ शक्तिमा प्रवेश गरेको नेपाल एम्बुलेन्स महासंघका महासचिव मुक्ति काफ्लेले बताए । पार्टीलाई संगठित गरी एकताबद्धगरी अगाडि बढ्ने र आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन सबै कार्यकर्ता लाग्नु पर्ने नया“ शक्ति पार्टीका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले बताए । सोही अवसरमा बहुलजन समाजवादीकी महिला नेतृ दुर्गा विक, सदस्य दानबहादुर चौधरी, सुन्दर हरिजन लगायतले मन्तव्य राखेका थिए ।
यसैबीच काठमाडौंमा भएको एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका टोपबहादुर रायमाझीले सदनमा टेबल गरिएको संविधान संशोधन विद्येयकलाई कोमामा राखेर तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्नुको विकल्प नभएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपनेता रायमाझीले भने, ‘सदनमा टेबल गरिएको संविधान संशोधन विद्येयक फिर्ता लिने हो वा पेण्डिङ्मा राख्ने हो, त्यो सरकारको कुरा हो, तर संशोधनलाई छाडेर तत्काल स्थानीय तहको निर्वाचनमा जानुपर्छ, र संविधान कार्यान्वयनमा जुट्नुपर्छ ।’
साक्षात्कारमा बोल्दै नेता रायमाझीले संविधान कार्यान्वयन नभए मुलुक पश्चगमन र प्रतिगामी दिशातर्फ जाने खतरा समेत औंल्याए । उनले भने, म संविधान संशोधनको विपक्षमा छैन, तर संशोधनमा राष्ट्रिय सहमति चाहिन्छ । राष्ट्रिय सहमति भयो भनेमात्रै उत्तम हुन्छ, नत्र यसले देशलाई फाईदा गर्दैन ।’
पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले ५ नम्बर प्रदेश विभाजन गर्नेगरी आएको संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा नभएको जिकिर दोहो¥याउ“दै भने, ‘अब संशोधनको कुरामा नअल्झिकन चुनावमा जानु नै उत्तम हुन्छ । जेठभित्रै स्थानीय तहको निर्वाचन गरेर जानुपर्छ । अब मधेशी मोर्चालेपनि सरकारले संशोधन गर्ने कोशिस गर्यो, तर सम्भव भएन भन्ने कुरा मनन गरेर आफ्ना एजेण्डासहित चुनावमा जानुपर्छ ।’
मधेसीको राष्ट्रियतामाथि शंका गर्नु अपराध होः भट्टराई
