बुटवल,। समाजमा हुने खराब प्रवृत्ति र वेथितिविरुद्ध आवाज उठाउ“ंदै समाज रुपान्तरणमा मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने रुपन्देहीको सैनामैनामा आयोजित एक कार्यक्रममा औंल्याईएको छ । राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक, लैंगिक तथा हरेक क्षेत्रका मुद्दाहरुलाई उठान गर्दै समाजलाई शान्तिपूर्ण तवरले रुपान्तरण गर्न मिडियाले सकारात्मक भूमिका खेल्नुपर्ने उनीहरुले बताए ।
आफ्नो १९ औं स्थापना दिवशको अवसर पारी प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको दिगो शान्ति तथा सामाजिक सद्भावको लागि आम सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कुनै पनि सूचनाको संवेदनशीलतालाई ख्याल गर्दै नागरिकको सुसूचित हुने अधिकारको रक्षा र संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए ।
प्रेस चौतारी नेपालका रुपन्देहीका अध्यक्ष अमृत गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवं प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष्ँ बालकृष्ण चापागाईले संचार समाजको अभिन्न अंग भएको र यो विना आधुनिक समाजको कल्पना गर्न नसकिने बताए । उनले कुनैपनि सूचनाको गलत ठाउ“मा प्रयोग भए त्यसले ल्याउने परिणाम गम्भीर हुने भन्दै कुन सूचना कहा“ प्रयोग गर्ने भन्नेतर्फ सतर्क हुनुपर्ने बताए ।
उनले पछिल्लो समय मिडिया क्षेत्रमा पनि विभिन्न विकृतिहरु देखिने गरेको भन्दै त्यसलाई हटाउने दायित्व प्रेस चौतारीले लिनुपर्ने बताए । सो अवसरमा सामाजिक सद्भावका लागि मिडिया विषयक अवधारणापत्र प्रस्तुत गर्दै नेकपा एमालेका केन्द्रीय प्रचार विभाग सदस्य डिआर घिमिरेले सत्य तथ्य समाचारको सम्प्रेषण गर्ने संगै सकारात्मक विचारको प्रवाह, पीडितको पक्ष्ँमा वकालत, मानव अधिकारको संरक्षण तथा सामाजिक परिवर्तनमा समेत मिडियाको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले प्राप्त भएका सबै सूचना समाचार बन्न नसक्ने भन्दै सम्पादित र प्रशोधित सूचनालाई मात्र मिडियामा स्थान दिन सके समाचारले सकारात्मक प्रभाव पार्ने बताए । उनले कतिपय गलत समाचारका कारण सामाजिक सद्भाव खल्बलिने अवस्था समेत आउने गरेको भन्दै त्यसतर्फ पत्रकार र मिडिया सचेत बन्नुपर्ने बताए । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव भरत केसी, एमाले जिल्ला सदस्य चित्रबहादुर केशी, सैनामैना व्यापार संघका अध्यक्ष दुर्गा गौतम, ईलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी निरीक्षक यमलाल बन्जाडे, रेडियो मलमलाका स्टेशन म्यानेजर ऋषिराम न्यौपाने लगायतले आ आफ्ना भनाइ राखेका थिए ।
प्रेस चौतारीका सदस्य टिका खरेलको संयोजन, सुरज थापामगरको सञ्चालन तथा विष्णु खत्रीको धन्यवादमा सम्पन्न कार्यक्रममा चिरन बराल, देवराज पोख्रेल, एनवि कंडेल, भुवन जिसी, जानकी शर्मा, माधव खनाल, कालिका शर्मा लगायतले मिडियामा देखिएका कमी कमजोरीबारे औंल्याएका थिए । यसैबीच सोही अवसरमा टिका खरेलको अध्यक्ष्ँतामा ९ सदस्यीय प्रेस चौतारी सैनामैना नगर तदर्थ समिति गठन भएको छ । जसको उपाध्यक्ष्ँमा गणेश पोखरेल, सचिवमा सुरज थापामगर, सहसचिवमा विष्णु खत्री, कोषाध्यक्षमा रामप्रसाद भट्टराई रहेका छन् ।