रोट्रयाक्ट डिष्टीक ‘पिएस मिटिङ’ हेटौडामा हुने

मेचीकाली संवाददाता

३ भाद्र २०७९, शुक्रबार
305 shares

बुटवल । रोट्रयाक्ट डिष्टीकमा आबद्ध रहेका देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष तथा सचिवहरुको भेला हेटौँडामा हुने भएको छ । प्रत्येक वर्ष फरक फरक जिल्लामा गरिने ‘पिएस मिटिङ’ यो वर्ष भदौ २५ गते हेटौडामा गर्न लागिएको रोट्रयाक्ट डिष्टीक डिआरआर लक्ष्मण खरेलले जानकारी दिए ।

देश भरिबाट १ सय ७६ वटा रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु लगायत क्लबका सदस्यहरुको उपस्थीत रहने छ । कार्यक्रममा १ हजार जनाको उपस्थीति रहने उनले बताए । कार्यक्रमलाई व्यबस्थीत बनाउन रोट्रयाक्ट डिष्टीक देखि क्लबका अध्यक्षहरु लागेको बताउँदै उनले कार्यक्रमको तयारी अन्तीम चरणमा पुगेको जानकारी दिए ।

उक्त भेलमा क्लबहरुले वर्षभरि सामाजिक क्षेत्रमा गरेका कामहरुको समिक्षा साथै यो वर्ष गरिने कामहरुको कार्य योजना निमार्णका लागि छलफल हुनेछ । महत्वपूर्ण कार्यक्रम भएकाले सबै क्लबका अध्यक्ष तथा प्रतिनिधिहरुलाई अनिवार्य उपस्थीतिका लागि खरेलले आग्रह गरे ।