बुटवल,। राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रको विकासका लागि राज्यले लगानी वृद्धि गनुपर्ने बताएकी छन् । राष्ट्रिय विकासको प्रमुख आधार शिक्षा भएको भन्दै उनले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेकोमा जोड दिइन् । रूपन्देहीको रूद्रपुर–७ स्थित हरैया माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको शनिबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयहरूमा व्यवहारिक र जीवनोपयोगी शिक्षा सञ्चालन गरी राज्यले लगानी बढाउन आवश्यक भएको बताएकी हुन् ।
सरकारले कूल बजेटको जम्मा ४.५ प्रतिशत रकम मात्र शिक्षा क्षेत्रमा बिनियोजन गरेको छ । ‘सामुदायिक विद्यालयको गुणस्तर सुधार हुनुपर्छ’ रँष्ट्रपति भण्डारीले भनिन, ‘देशको अधिकांश विद्यार्थीहरूको पढने सामुदायिक विद्यालय हुन् । यिनीहरूको स्तर उन्नति गरी रोजगारमूलक शिक्षा प्रदान गर्न आवश्यक छ ।’ समृद्ध राष्ट्र निर्माणका लागि जीवनपयोगी शिक्षा आवश्यक रहेको भण्डारीको भनाइ छ ।
भण्डारीले लुम्बिनी गुरूयोजना छिट्टो पूरा गर्न आवश्यक रहेको बताइन् । ‘लुम्बिनी विश्व शान्तिको मुहान हो’ राष्ट्रपतिले भनिन् ‘यसको प्रचार–प्रसार गरी विश्वका पर्यटकहरूलाई लुम्बिनीको भ्रमण गराउनु पर्छ । त्यसपछि मुलुकमा पर्यटन विकास हुन्छ । त्यसको लागि छिट्टो लुम्बिनी गुरूयोजना, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध सर्किटको काम सम्पन्न गर्न आश्वयक छ ।’
लुम्बिनीमा धेरै भन्दा धेरै पर्यटकहरू भित्राउन सकेमा शान्तिप्रति हाम्रो विश्वाश अझै माथि उठने राष्ट्रपति भण्डारीको भनाइ थियो । भण्डारीले मुलुकको आर्थिक विकासलाई द्रुत रुपमा अघि बढाउनुपर्ने समेत आवश्यक रहेको बताइन् । रूपन्देही औद्योगिक क्षेत्रको रूपमा विकास भइसकेको उल्लेख गर्दै उनले अझै आर्थिक विकासका लागि पूर्वाधार विकासमा ध्यान दिन आग्रह गरिन् । भण्डारीले संविधान जारी भएस“गै संक्रमणकाल अन्त्य भएकाले प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न पनि आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिइन् । उनलले मुलुकको अर्थतन्त्र वृद्धि गरी समृद्धि हा“सिल गर्न स्वेदशी उत्पादनलाई जोड दिनुपर्ने बताइन् । रूपन्देही कृषि क्षेत्रको उर्वर भूमि भएको भन्दै राष्ट्रपतिले कृषि उद्यमशिलतामा लगानी गर्न समेत आवश्यक भएको बताइन् ।
उनले पछिल्लो समय बाल विवाह, महिला हिंसा, सामाजिक कुरिति बढदै गएको भन्दै त्यसका लागि सबै क्षेत्र सचेत हुनुपर्ने बताइन् । भण्डारीले रूद्रपुरका महिलाहरूको एक टोलीले सामाजिक कुरिति अन्त्य गर्न माग गर्दै राष्ट्रपति भण्डारीलाई भेटेको सम्झना गर्दै आफूले सबै क्षेत्रमा सामाजिक कुरिति अन्त्य गर्न निरन्तर खबरदारी गर्दै आएको बताइन् । महिला हिंसा र बाल विवाह न्यूनीकरण नगरेसम्म सम्मानित समाज हुन नसक्ने उनको भनाइ थियो । उनले रूद्रपुर व्यवस्थित बस्ती, स्वच्छ खानेपानी र गुणस्तरीय शिक्षाको विकास गर्न सकेमा जिल्लाकै नमूना क्षेत्र बन्ने बताइन् ।
उनले हरैया माविमा प्राविधिक शिक्षा सञ्चालन गरी रोजगारी प्रदान गर्नुपर्ने बताइन् । विद्यालयले अझै प्रगति गर्दै जीवनपयोगी गुणस्तरीय र व्यवहारिक शिक्षाको केन्द्र बन्दै जाने आशा व्यक्त गरिन । उनले विद्यालयमा अक्षयकोष खडा गर्न १ लाख रूपैया“भन्दा बढी सहयोग गर्ने हरिकला थापा, तिलकचन्द्र थापा, ठाकुराम जैसी,लालबहादुर हमाल र मनबहादुर रोकालाई सम्मान पत्रले सम्मान गरिन । भण्डारी नेपाली सेनाको हेलिकप्टरबाट साढे ११ बजे विद्यालय नजिकै झरेकी थिइन् । राष्ट्रपति आउने भएपछि रूद्रपुर क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो । राष्ट्रपतिस“गै स्वर्ण महोत्सवमा रक्षामन्त्री बालकृष्ण खा“ण पनि आउने कार्यक्रम रहे पनि उनी आएनन् ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज ढकालले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजाने बताए । उनले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न पहल भइरहेको बताए । विद्यालयका प्राधानाध्यापक मेघराज शर्माले आफूहरूले विद्यालयलाई पश्चिम क्षेत्रकै नमूना शैक्षिक संस्थाको रूपमा विकास गर्ने गरी अगाडि बढेको बताए ।
सो अवसरसम्म दैनिक १ सयका दरले ४ सय ७ जनालाई सम्मान गरिने छ । आज रूपन्देही क्षेत्र नम्बर ५ का सांसद भरतकुमार शाह लगायत विभिन्न कलाकारहरू पनि आउने कार्यक्रम रहेको विद्यालयले जनाएको छ । २४ गते जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा तथा विभिन्न कलाकारहरू र २५ गते स्वर्ण महोत्सव समापन गरिनेछ । विद्यालयले ७ लाखको अक्षयकोष खडा गर्ने भएको छ । स्वर्ण महोत्सव सम्पन्न गर्न र विद्यालयको विकासका लागि विद्यालयले ४४ लाख रूपैया“ संकलन गरिएको जानकारी दिइएको छ । महोत्सवका लागि १६ लाख खर्च हुने बताइएको छ । विद्यालयले ९–१२ कक्षामा कम्प्युटर इन्जिनियरिङको पढाई सञ्चालन गर्ने योजना बनाएको छ । विद्यालयमा ९ सय २५ विद्यार्थी र २४ शिक्षक÷शिक्षिका कार्यरत रहेका छन् ।
शिक्षामा लगानी बढाउन आवश्यक ः राष्ट्रपति भण्डारी
