रेप्साको आयोजनामा विभिन्न प्रतियोगिता

मेचीकाली संवाददाता

४ भाद्र २०७९, शनिबार
438 shares


तुलसीराम पौडेल —
बुटवल ,भाद्र ४
राइजिङ्ग अङ्ग्रेजी निजी विद्यालय संगठन ( रेप्सा) रुपन्देहीको आयोजनामा प्रावी स्तरीय कविता ,चेस र चित्रकला प्रतियोगिता बुटवल -१४ स्थित देबसिद्द इङलिस बोर्डिङ स्कुलमा सम्पन्न भयो। सम्पन्न कविता प्रतियोगितामा नेपाल एभरग्रीनका सुसन साठिघरे प्रथम भएका छन् । त्यसै गरि रोजबड एकेडेमीका आवृदी खरेल दोस्रो ,देबसिद्द इङलिस बोर्डिङ स्कुलका वन्दना जिसी तेस्रो र शुद्दोधन इङलिस बोर्डिङ स्कुलका सस्मिता काफ्ले सान्त्वना भएकी छिन ।
सम्पन्न चेस प्रतियोगितामा शुद्दोधन इङलिस स्कुलका सृजन क्षेत्री पहिलो भएका छन् । त्यसै गरि संस्कार इङलिस बोर्डिङ स्कुलका अमन घिमिरे दोस्रो ,फर्साटिकर सिद्दार्थ इङलिस बोर्डिङ स्कुलका प्रजल कुवर तेस्रो र नेपाल एभरग्रीन पब्लिक इङलिस स्कुलका कविर ढकाल सान्त्वना भएका छन् ।
सम्पन्न चित्रकला प्रतियोगितामा ज्ञान् पुन्ज विद्या मन्दिरका राहुल चाइ प्रथम भएका छन् ।त्यसै गरि फर्साटिकर सिद्दार्थका मेरिना थारु दोस्रो ,सस्कार इङलिस बोर्डिङ स्कुलका पूर्णिमा पल्ली तेस्रो र देबसिद्द इङलिस बोर्डिङ स्कुलका बिप्रसेन थापा सान्त्वना भएका छन् ।
रेप्सा रुपन्देहीका अध्यक्ष कमल प्रसाद पौडेलको अध्यक्षता, प्याब्सन रुपन्देहीका अध्यक्ष लालहरी पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष कुलराज शर्मा ,रेप्सा पुर्व अध्यक्ष एवं सल्लाहकार कपिलमणी ढकाल लगाततले शुभकामना मन्तव्य दिनुभएको थियोे ।कार्यक्रमको संचालन रेप्सा रुपन्देहीका सचीव कृष्ण गौतमले गर्नुभएको थियोे ।