डा. प्रकाश बुढाथोकी
फोहोर मैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो । आधुनिक युगको सहरीकरण, औद्योगिकरण तथा नव जीवन शैलीको पाश्र्व प्रभाव कै रुपमा फोहोर ब्यवस्थापन ज्वलन्त चुनौती बन्दैछ । अझ विकासोन्मुख राष्ट्रहरु जहा“ राजनीतिक स्थिरता,नागरिक अनुशासन विकास भएको हु“दैन,त्यहा“का सहरहरु फोहोरको समस्याबाट आक्रान्त छन । जनसंख्या बृद्धिसंगै भवननिर्माण,सवारी साधन र उपभोग्य बस्तुको तीब्र विस्तारले वातावरणीय तथा पर्यावरणीय सन्तुलन खलबलिएको छ । खानेपानीको अभाव, ढल निकासको अब्यवस्था,अब्यवस्थित सहरीकरणले राजधानीमात्र होईन ब¬टवल पनि अत्यन्तै कुरुप तथा फोहोर बनाएको छ । बढ्दो सहरीकरण र जनसंख्या बृद्धिसंगै फोहोर ब्यवस्थापनको काम चुनौतीपूर्ण बन्दै गईरहेका बेला बुटवल उप–महानगरपालिकाले फोहोर ब्यवस्थापनका लागि २०५१ देखि केन्द्रको पहल थाले पनि अझै सार्थक भएको छैन ।
सबैमा न त ब्यवस्थित वसोवास छ न त योजनाबद्ध पूर्वाधार निर्माण नै । नेपालका नगर Ôेत्रमा मानवीय संकट बढ्दो छ । दुÈित पानीका कारण जण्डिस,हेपाटाईटिस,टायफाईड,शितलहर र विभिन्न फ्लुको प्रकोप भैरहेको छ । यथेष्ट शारीरिक ब्यायामको अभावमा मोटोपनाको समस्या, मुटुरोग, मधुमेह, उच्च रक्तचाप,ह्दयाघात जस्ता रोगहरु बढ्दो छन । एच.आई.भी., औलो, Ôयरोगको संक्रमणको जोखिम बढ्दो छ । वायु प्रदुÈण,मानसिक तनाव,धुम्रपान,मद्यपान,लागु औÈध सेवन,हिंसा, लुटपाट, अस्वस्थकर खाना,ताजा हरियो सागपात र फलफुलको कमीले गर्दा सहरीयाहरुको जीवन प्रत्येक पल जोखिमपूर्ण बन्दै गईरहेको पाईन्छ ।
सार्वजनिक स्थान र सडकपेटी मै भान्साको फोहोर,शौचालयको फोहोर,बीर्ययुक्त कण्डम,महिनावारीमा प्रयोग भएका प्याड,पोलिथिन,प्लाष्टिकजन्य कागज,सामान,म्याद गुज्रेका औÈधि, खाद्यपदार्थ, किटनाशकहरु, होटलका बासीखाना,चुरोटका ठुटा, मदिराका बोतल,सवारी साधनजन्य फोहोर, कवाडी, पशुपंÔीका मल तथा मृत जनावर नै देखिन्छन । गर्मी तथा वर्Èायाममा त झन फोहोरमा झिंगा र थुप्रोबाट पानी,रस बगिरहेका हुन्छन् । फोहोरको डंगुरबाट झिंगा,लामखुट्टे,मुसा,चरा तथा गाडीका पाङ्ग्रा,जुत्ता चप्पलबाट वरिपरि तथा घरभित्र संक्रमण पुग्दछ । रसाएको फोहोर पानी तथा अन्य जीवजन्तुबाट पानीका श्रोतहरु पनि संक्रमित हुन्छन् । जसबाट किटजन्य,पानीजन्य लगायतका संक्रमणहरुले महामारीको रुप लिन सक्छन । घरभित्रको फोहोरले ईन्फ्लुएन्जा, रुघाखोकी, Ôयरोग, दादुरा, ब्रोड्डकाईटिस, लहरेखोकी, लुतो,एलर्जी लगायतका चर्मरोगहरु,स्वास प्रश्वासजन्य संक्रमण ल्याउ“छ भने मुसाबाट प्लेग,रेबिज,लामखुट्टेबाट औलो,कालाजार,ईन्सेफलाईटिस,साङला र माउसुलीबाट अन्यविभिन्न रोगहरु लाग्दछ । बंगुरको मलबाट नाम्ले किरा,भैसी र रांगाको मलबाट सानो नाम्लेकिरा,कुखुरा तथा पंÔीको मल तथा प्वा“खबाट बर्डफ्लु जस्ता रोग सर्न सक्छ । पानी संक्रमित भै नउमालेर पानी पिउ“दा टाईफाईड ,हैजा, झाडापखाला , जण्डिस, जुका, भाईरल संक्रमणहरु लाग्दछ । यसरी हजारौको मृत्यु,लाखोेै बिरामी तथा अरबौ रुपिया“ खर्च भईरहेको छ ।
औद्योगिक र शैक्षिक नगरी र अब बनेको स्वास्थ्य नगरी बुटवलमा चिकित्साजन्य फोहोर करिब २ टन सामान्य फोहर ६० टनसंगै मिसाईन्छ । स्वास्थ्य संस्थाबाट निस्कने फोहोरमा १० देखि १५ प्रतिशत संक्रामक र ७० देखि ९० प्रतिशत हानिकारक हुन्छन् । नियमले हानिकारक फोहोरलाई संक्रमणमुक्त बनाएर ब्यवस्थापन गर्नुपर्नेमा बुटवलमा सामान्य फोहोरमा सिधै मिसाई सफा नदी किनारमा थुपारिन्छ । यसरी थुपार्दा वातावरण,समाज र नदी पनि संक्रमित र दुर्गन्धित भएका छन । अस्पतालको फोहोर कुल फोहोरको १ प्रतिशत जति भएता पनि निकै संक्रामक र खतरनाक हुन्छ । चिकित्साजन्यफोहो र मैलामध्ये ७५ देखि ८५ प्रतिशत अन्य घरेलुजन्य फोहोर मैला जस्तै हुने भए पनि बा“की चाहि“ अत्यन्तै हानिकारक हुन्छन् । अत्यन्तै हानिकारक फोहोर मैला सुरक्षित तवरले व्यवस्थापन नगर्ने हो भने वा घरेलु फोहोरसंगै मिसिन गएमा सहरी वातावरण एवं जनस्वास्थ्य,जीवजन्तुमा हानि पुग्दछ,ठूलो प्रकोप फैलिन सक्छ ।
विश्व स्वास्थ्य संगठनले सन २००२ मा मेडिकल वेष्ट भनेर नचाहिने,प्रयोग भएका सामग्रीहरु,रोगको निदान,उपचार,खोप,अनुशन्धान,जैविक किटाणु उत्पादन गर्ने प्रयोगशाला तथा प्रयोगशालाबाट फ्या“किने बिरामीको दिसा,खकार,पिसाब,रगत,बिर्य,तन्तु,सुई,तथा ब्लेड जस्ता तिखा,धारिला सामग्री, रसायनहरु, औÈधिहरु,स्वास्थ्य उपकरणहरु,शल्यक्रियाद्वारा निकालिएकाअंग,गर्भपतन,अप्रेसन गरी फ“याकिएका शरीरका भाग,बिकीरणजन्य फोहोरलाई जनाएको छ । मेडिकल वेष्ट अत्यन्तै सक्रामक र शीघ्र फैलिने हुन्छ,वातावरणीय स्वास्थ्यकालागि ठूलो चुनौती उत्पन्न गर्न सक्दछ,तसर्थ हरेक क्लिनिक र अस्पताललाई फोहोर संक्रमणम¬क्त बनाएर मात्र बाहिर निकाल्न बाध्यकारी बनाएको संचालन स्वीकृति माप दण्डले ।
निरन्तर आधा दशकको कसरतपछि बुटवलमा अत्यधुनिक फोहोर मैला प्रशोधन केन्द्र– ल्याण्डफिल्ड साईट निर्माण हुने छ । बुटवल–९ स्थित शिवनगर सामुदायिक वनको ४.८ हेक्टर क्षेत्रफलको भनभने खोंचमा २८ दिनभित्र काम शुरु गरी २२ महिनामा सम्पन्न गर्नेगरी ल्याण्डफिल्ड साईट निर्माण गर्ने टेण्डरको ठेक्का सम्झौता भएपछि उक्त फिल्ड साईट बन्ने पक्का जस्तो भएको हो । करिब ३२ करोड रुपैया“ लागतको उक्त केन्द्र चीनको जेटआईईसी र काठमाण्डौको पप्पु कन्सट्रक्सनले संयुक्तरुपमा निर्माण गर्ने भएका छन । एक वर्षसम्म निर्माण कम्पनी आफैले संचालन गर्ने र तब उप–महानगरपालिकालाई दिने कार्यक्रम छ । उक्त साईटमा फोहोर जम्मा गर्ने मात्र नभई प्रशोधन समेत गरिने भएकोले नेपालकै नमुना हुने बुटवल उप–महानगरपालिकाले बताएको थियो । एकदिनमा ७३ टनसम्म फोहोर राख्न सकिने र बढीमा १५ वर्षसम्म यस केन्द्रले बुटवलको फोहोरलाई थाम्न सक्नेछ । बुटवलले हाल नेपालकै पहिलो अत्यधुनिक, बहुउपयोगी,देशकै नमुना प्रशोधन केन्द्रको ईको टुरिज्म योजना अगाडि सारेको छ । यो डम्पिङ साईट नभई दुर्गन्धित ग्यास समेत उत्सर्जन नगर्ने,झिंगा, किरा, फट्या∙ा्र,चराचुरु∙ी र मुसामार्फत फैलिने रोग नफैलिने वातावरणमैत्री मल उद्योग हो । कुल लागतमा ८४ प्रतिशत नेपाल सरकारको अनुदान,८ प्रतिशत जनसहभागिता र ८ प्रतिशत नगर विकास कोष मार्फत ५ प्रतिशत ब्याजमा ऋण लगानी हुनेछ ।
बुटवल उपमहानगरमा दैनिक उत्पादन हु“दै आएको ६० टन फोहोरमा ६४ प्रतिशत केन्द्रमा लगी कम्पोष्ट प्रशोधन गरी प्राङ्गारिक मल उद्योगको रुपमा विकास गर्ने लक्ष्य छ । जसबाट दैनिक साढे ८ टन बढी मल सस्तो र शुलभमा बेच्ने तयारी छ । बा“की २८ प्रतिशत पुनःप्रयोग र ८ प्रतिशत धुलोजन्य छ । तथापि प्रशोधन गर्ने क्षमता ७३ टन र दैनिक ८.६ टन मल उत्पादन हुनेछ । कुहिने र नकुहिने फोहोर छुट्टयाई प्रशोधन गरिने भएकाले नकुहिने जतिलाई ब्यवस्थितरुपमा दैनिक माटोले पुिरने छ । प्रशोधन केन्द्रमा अस्पताल,उद्योग र पशुपंक्षीजन्य फोहोर पु¥याईने छैन । पुगेको फोहोरलाई पुनःप्रयोग,पुनर्निर्माण र कम गर्ने गरी ३ भागमा बिभाजन गरिनेछ । शुन्यफोहोर र थ्रीआर —रिडक्सन,रियुज र रिप्रोडक्ट सिद्धान्तमा आधारित भएर उक्त प्लान्ट बनाईने दाबी छ ।
अन्तमा,सडक,चौक र गल्लीको फोहोर सभ्य समाजका लागि लाज हो । प्रत्येक घर, अस्पताल, कारखाना , संघ संस्थाहरुले आफ्नो फोहोर आफै जम्मा गरेर ब्यवस्थापन गर्ने जिम्मेवारी लिनुपर्दछ । किनभने फोहोर ब्यवस्थापन प्रत्येक नागरिकको कर्तब्य हो ।
(चि.वि.रा.प्र. वीर अस्पतालका बरिष्ठ कन्सल्टेण्ट डेण्टल सर्जन डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सह—कोषाध्यक्ष हुन् ।)