संस्कृतिको संरक्षणले नै नगर समृद्ध बन्छः नगर प्रमुख अर्याल

मेचीकाली संवाददाता

१० भाद्र २०७९, शुक्रबार
389 shares

बसन्ती आचार्य
कपिलवस्तु । वाणगंगा नगरपालिका नगर प्रमुख चक्रपाणी अर्यालले नगरले धर्म संस्कृतिको विकास र सम्बद्र्धनका लागि विभिन्न कार्यक्रममा बजेट छुट्याएको बताएका छन । समृद्ध नगर बनाउनका लागि नगरका ११ वटै वडालाई महत्व दिई काम गरेको बताए । संस्कृतिको संरक्षणलेनै समृद्ध नगर बन्ने उनले बताए । मौलिक र केहि आधुनिक गितले देशमा आएका परिर्वतनलाई समेत समावेश गर्ने गरेको उल्लेख गर्दै तिजलाई मौलिकताको र संस्कृतिको रुपमा मनाउनु पर्नेमा नगर प्रमुख अर्यालले जोड दिए ।

संस्कृति र परम्परालाई आवश्यकता अनुसार संरक्षण र सम्वद्र्धन गर्नु पर्छ । चाडमा खर्चको सिमा नाघ्न दिन हुदैन उनले भने । संस्कृतिमा वैज्ञानिक कुराहरुलाई अनुसरण गर्ने र कुरीति र कुसंस्कारलाई हटाउदै जानुपर्नेमा जोडदिए । सञ्चारीका समुह जिल्ला शाखा कपिलवस्तुको आयोजना , वाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा शुक्रवार वाणगंगामा भएको संस्कृति संरक्षणका लागि सरोकारवालाको भुमिका विषयक एक दिवसिय अन्तरसंवाद कार्यक्रममा मेयर अर्यालले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उपमेयर रिता कुमारी चौधरीले सबै धर्म, जात जाती पर्वहरुलाई नगरपालिकाले संरक्षण गर्दै आएको बताईन् । उपमेयर चौधरीले संस्कृतिको संरक्षण गर्न नगर लागि परेको औल्याउँदै चाड पर्वलाई खर्चिलो र भड्किलो गर्न नहुने उपमेयर चौधरीले जोड दिईन् । चाडपर्व हामी सबैको हो, आफ्नो कर्तव्यलाई सबैले मनन गर्नु पर्ने, भावी सन्ततीलाई राम्रो संस्कार दिनु पर्ने उनले जनाईन् ।

कार्यक्रममा सञ्चारीका समुहका लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष तथा राष्टिय वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डेले संस्कृति संरक्षणमा सरोकारवालाको भुमिका विषयक अवधारणा पत्र प्रस्तुत गरेकी थिईन् । उक्त अवधारणा पत्रमा तिज पर्वको महत्व र आधुनिकताले भित्रिएको विचलनवारे विषय वस्तु उठान गरिएको थियो ।

कार्यक्रम सञ्चारीका समुहका जिल्ला शाखा अध्यक्ष पार्वती आचार्यको अध्यक्षता, सचिव शेरिफ केशीको सञ्चालन तथा कोषाध्यक्ष संगिता भुषालको स्वागत मन्तब्य रहेको कार्यक्रममा वाणगंगाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषाल , वडा नं २ का वडा अध्यक्ष एवं नगर प्रवक्ता विष्णु प्रसाद पौडेल , इलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिपक बाबु के.शी , भुपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र बिक्रम शाह , नागरिक समाजका अध्यक्ष दोलख वहादुर पछाई , नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरि अधिकारी , सिद्धार्थ सामाजिक विकास केन्द्रका सचिव हरिलाल शर्मा , जेसिसका अध्यक्ष गुरुदेव पौडेल , एकल महिला समुहका जिल्ला अध्यक्ष रुपा राई , अधिकारकर्मी चेतना अधिकारी , स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेल, दर्शन समाज कपिलवस्तुका अध्यक्ष सुष्मा खाँण लगायतले बोल्दै तिजको मौलिकपनलाई झल्किने गरि तिज कार्यक्रम गर्नु पर्ने , संस्कृति संरक्षणमा सबै लाग्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा कार्यपालिकाका सदस्य शान्ता पाण्डे, वडा अध्यक्षहरु, वडा सदस्यहरु बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु, संचारकर्मी र संचारका समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।