बुटवल, । बैठकले स्ववियु निर्वाचनको समीक्षा, मेची–महाकाली राष्ट्रिय जागरण अभियानको समिक्षा गर्नुका साथै जिल्ला कमिटी मातहतको कार्यविभाजन, सचिवालय गठन, अपानी अध्ययन तथा स्थानीय तह संगठन कमिटी गठन तथा मनोनयन र जिल्लाका विकास आयोजना सम्बन्धमा
महत्वपूर्ण निर्णयहरु गरेको बैठकपछि जारी विज्ञप्तिमा बताइएको छ ।
क्षेत्र नं.–१, इन्चार्जमा सिद्धिचरण भट्टराई, क्षेत्र नं.–२ इन्चार्ज–हितराज पन्थी, सह–इन्चार्ज पम्फावती खनाल, क्षेत्र नं.–३ इन्चार्ज बासुदेव घिमिरे, सह–इन्चार्ज श्याम खरेल, क्षेत्र नं.–४ इन्चार्ज चित्रबहादुर कार्की, सह–इन्चार्ज कमला बिश्वकर्मा र युवराज घिमिरेलाई तोकिएको छ ।
यसैगरी बुटवल उप–महानगरपालिका संगठन कमिटी इन्चार्ज खेमप्रसाद लुइटेल, सह–इन्चार्ज नारायण भट्टराई, बुटवल उप–महानगर विशेष इलाका कमिटी (बुटवल १–१३, १७, १८ र १९) इन्चार्ज ऋषिराम पाण्डे, सह–इन्चार्ज चिनबहादुर गुरुङ्ग र जलिल मियाँलाई तोकिएको छ ।
यस्तै सैनामैना विशेष नगर इलाका कमिटी (वडा नं.–१–४) इन्चार्ज खुशीराम चौधरी, सह–इन्चार्ज मिनप्रसाद पौडेललाई जिम्मेवारी तोकिएको छ । बैठकले बुटवल उप–महानगरपालिका र पाँच वटै नगरपालिका अन्तर्गतका सबै वडाहरुमा समेत इन्चार्ज र सह–इन्चार्जहरु तोकेको छ ।
यसैगरी पार्टी स्कुल विभाग प्रमुखमा जिल्ला अध्यक्ष शिवराज सुवेदी, संगठन विभाग प्रमुखमा सचिव जागेश्वरी चौधरी, आर्थिक विभाग प्रमुखमा उपाध्यक्ष पुरुषोत्तम घिमिरे, प्रचार विभाग प्रमुख तथा प्रेस चौतारीको इन्चार्जमा तेजेन्द्र के.सी., सहकारी विभाग प्रमुखमा ऋषि सापकोटा, स्थानीय विकास विभाग प्रमुखमा मिनप्रसाद घिमिरे र उप–प्रमुखमा हरिप्रसाद अधिकारीलाई जिम्मेवारी प्रदान गरेको छ ।
यसैगरी सामाजिक सेवा विभाग प्रमुखमा हरिप्रसाद अधिकारी, कानुन विभाग विभाग प्रमुखमा खुमाकान्त पौडेल, उप–प्रमुखमा नरसिंह चौधरी, उद्योग व्यावसाय विभाग प्रमुखमा पार्टीका उप–सचिव गोपाल राना, शिक्षा तथा मानव स्रोत साधन विभाग प्रमुखमा युवराज घिमिरे, कृषि तथा भूमि सुधार विभाग प्रमुखमा अयोध्या थारुलाई जिम्मेवारी दिइएको छ ।
यस्तै प्राकृतिक स्रोत व्यवस्थापन विभाग प्रमुखमा बाबुराम पन्थी, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा ज्ञानु के.सी. र संघीय मामिला तथा सांस्कृतिक विभाग प्रमुखमा चिनबहादुर गुरुङ्गलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी जनसंगठनहरु तर्फ अखिल नेपाल किसान महासंघ इन्चार्जमा यज्ञ गैरे, विद्यार्थी इन्चार्जमा बाबुराम पन्थी, सह–इन्चार्जमा उमा अधिकारी, नेपाल ट्रेड युनियन महासंघ इन्चार्ज हुमाकान्त काफ्ले, सह–इन्चार्जमा दिनेश फुल्लेल र दुर्गा कार्कीलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी युवा इन्चार्जमा धु्रव आचार्य, सह–इन्चार्जमा सरिता श्रीस र धर्मराज गिरीलाई जिम्मा दिइएको छ । यस्तै मुक्ति समाज इन्चार्जमा तेजप्रसाद विश्वकर्मा, पेशागत महासंघ इन्चार्जमा यज्ञमूर्ति भण्डारी र सह–इन्चार्ज डिजाइन थापा, नेपाल राष्ट्रिय उद्योग तथा व्यवसाय महासंघ इन्चार्जमा नारायण भट्टराई, भूपु सैनिक तथा प्रहरी महासंघ इन्चार्जमा खगप्रसाद पुनलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी लोकतान्त्रिक मधेशी संगठन इन्चार्जमा श्रीराम यादव, सह–इन्चार्ज इन्द्रजित यादव र शान्ति लोधले जिम्मेवारी पाएका छन् ।
यस्तै मुस्लिम इत्तेहाद महासंघ इन्चार्जमा जलिल मिया र सह–इन्चार्जमा मोहम्मदलाल पठान, नेपाल लोकतान्त्रिक अपाङ्ग महासंघ इन्चार्जमा भरतमणी सापकोटा, खेलकुद महासंघ इन्चार्जमा प्रेमकुमार सेन्चुरी, सह–इन्चार्जमा धर्मराज गिरीलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी प्रगतिशील पेशागत कानुनी व्यवसायी महासंघ इन्चार्जमा खुमाकान्त पौडेल र सह–इन्चार्जमा नरसिंह चौधरी, अनेमसंघ इन्चार्जमा बिमला पन्थी, सह–इन्चार्ज पम्फावती खनाल र उमा काफ्लेलाई जिम्मेवारी दिइएको छ । यसैगरी नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ इन्चार्जमा नरबहादुर थापा, मानव अधिकार एलायन्सको इन्चार्जमा सञ्जय गुप्ता र
जनसाँसकृतिक महासंघ इन्चार्जमा ज्ञानु के.सीलाई जिम्मेवारी दिइएको छ । यस्तै नेपाल भूमिहिन सुकुम्बासी संगठन इन्चार्ज सिद्धिचरण भट्टराई, सह–इन्चार्ज जुद्धबहादुर बि.कलाई जिम्मेवारी तोकिएको छ । बैठकले अनेमसंघ विशेष क्षेत्रका रुपमा पनि इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी दिइएको छ ।
यस्तै बैठकले पार्टी केन्द्रको अपानी अध्ययन गरी निम्नानुसार पुनः संरचना भएका स्थानीय तहहरुमा संगठन कमिटी र आठौं जिल्ला अधिवेशनबाट विघटन भएका क्षेत्र जोडिएका नगर, उप–महानगरहरुमा रहेका पुराना समन्वय कमिटीहरुलाई संगठन कमिटीको रुपमा गठन गर्ने निर्णय गरेको छ ।
यसैबीच माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चक्रपाणी तिवारीलाई जिल्ला कमिटी सदस्यमा मनोनयन गरिएको छ । उनलाई पद तथा गोपनियताको सपथ बैठकमा केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज लिला गिरीले गराएका थिए ।
यसैगरी जिल्लाका विकास आयोजना सम्बन्धमा पनि विभिन्न निर्णयहरु गरेको छ । आ.व.२०७३।०७४ मा नेपाल सरकारद्धारा प्रस्तुत गरिने बजेटमा समावेश गर्न यस जिल्लाका महत्वपूर्ण विकास योजनाहरु एकिकृत सुची पार्टीका उप–महासचिव तथा रुपन्देही क्षेत्र नं.–४ का सांसद विष्णुप्रसाद पौडेल र समानुपातिक तर्फका माननीय सांसद आदित्यनारायण कसौधनलाई पार्टी अध्यक्ष शिवराज सुवेदीले हस्तान्तरण गरेका थिए ।
अनुशासनमा नरहनेलाई कारबाही गरिने
यसैबीच पार्टीले पार्टीको हित विपरित जाने, अनुशासनमा नरहनेलाई कारबाहीको दायरामा ल्याउने पनि निर्णय गरेको छ । साथै पार्टीले त्यस्तो गतिविधिमा संलग्न रहेका नेता कार्यकर्ताहरुको सूची तयार पार्दै कसुर अनुसारको कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।
हालै विभिन्न क्याम्पसहरुमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावका क्रममा संगठनको हित विपरितका काममा संलग्नलाई कारबाहीको दायरामा ल्याउने निर्णय गर्दै पार्टीले अबका दिनमा अनुशासनलाई थप कडाइका साथ लैजाने निर्णय गरेको प्रचार विभाग प्रुमख तेजेन्द्र केसीले जानकारी दिएका छन् ।
स्ववियु निर्वाचनका क्रममा संगठनका विरुद्ध अलग संगठन दर्ता गर्ने, बागी विद्रोही उठ्ने र उठाउने तथा विपक्षीहरुलाई बल पुग्ने र आफ्नै संगठनका विरुद्धमा लाग्ने कुनै पनि तहको नेता कार्यकर्ता वा जनसंगठनको नेता कार्यकर्तालाई कारवाहीको दायरामा ल्याउने निर्णय भएको प्रमुख केसीले बताए । राजु गुरुङ, कृष्ण थापा, शंकर घर्ती, साजन भण्डारी, उमेश अधिकारी र मदन सापकोटालगायतलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।