ज्योति लाइफमा सम्मान तथा तीज कार्यक्रम

मेचीकाली संवाददाता

१२ भाद्र २०७९, आईतवार
446 shares

बुटवल । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश लुम्बिनी एरिया अन्तर्गतका बुटवल, मणिग्राम, भैरहवा, परासी र मुर्गिया शाखाको संयुक्त आयोजनामा एजेन्सी मोटिभेसनल, रिफ्रेसमेन्ट, एजेन्सी सम्मान तथा तीज कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्षमा शाखामा सर्वोत्कृष्ट काम गरेका विभिन्न चिफ एजेन्सी म्यानेजर, सिनियिर एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर, एसिस्टेन्ट एजेन्सी म्यानेजर र अभिकर्तालाई समेटेर सम्मान कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका सेल्स प्रमख फर्सुराम मरासिनीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा १८ वटा विधामा सम्मान गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका सेल्स प्रमुुख मरासिनीले गत आ.व. ०७८/०७९ मा कम्पनीले गरेको प्रगती विवरण र त्यसमा लम्बिनी प्रदेशको भूमिका माथि प्रकाश पार्दै सहभागी सम्पूर्णलाई जिवन बीमालाई थप मर्यादित बनाउन पर्नेमा जोड दिए । उनले आ.व. ०७९/०८० मा कम्पनीले अघि सारेको सेल्स रणनीतिको सम्बन्धमा पनि जोड दिँदै नयाँ एजेन्सि संरचना सम्बन्धमा प्रकाश पारेका थिए । उक्त कार्यक्रममा प्रदेशमा सर्वोत्कृष्ट बिमाशुल्क आर्जन गरेर चिफ एजेन्सी म्यानेजर बन्न सफल कल्पना शिवाकोटी पोखरेललाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख चरण तिमल्सेनाले सम्मानित भएका सम्पर्णलाइृ बधाई तथा सुभकामना ब्यक्त गर्दै आ.ब. ०७९/०८० मा सम्पूर्णलाई सम्मान गर्न पाइयोस भन्ने सुभकामना दिएका थिए । बीमा ब्यासायको माध्यमबाट आम जनमानसको आर्थिक सुरक्षाको ग्यारेन्टि लिदै नेपालमा एक मात्र सर्बाधिक ३५ वटा घातक रोगको सुबिधा प्रदान गर्ने ज्योति लाईफ भएकोले पनि सबैको रोजाइको कम्पनी बनेको उनको भनाइ छ ।
जीबन बीमा आर्थिक बचत गर्ने सबै भन्दा उत्कृष्ट माध्यम भएको र जीबन बीमा आवश्यक परेको बेलामा नपाइने भएकोले नै पहिला नै यस्को ब्यवस्था गर्नुपर्ने कुराको जानकारी सम्पूर्ण जनमानसमा हुनुपर्नेमा उनको जोड थियो । कार्यक्रम बुटवल शाखा प्रमुख तारा देवकोटाले संचालनमा भएको हो ।