रूपन्देही, वैशाख २ । बुटवलमा क्रियाशील विभिन्न राजनीतिक दलका युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । युवा संघ नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको शुभकामना आदान– प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा युवाहरु पार्टी प्रवेश गरेका हुन् । नेकपा एमालेका केन्द्रीय उपमहासचिव विष्णु पौडेलले बुटवल सुख्खानगरका करिब सय जना युवाहरुलाई टीका लगाई नेकपा एमालेमा प्रवेश गराए ।
युवाहरुलाई नेकपा एमालेमा प्रवेश गराउँदै नेता पौडेलले युवाहरुको भावनालाई समेटेर अगाडि बढ्न सक्ने पार्टी नेकपा एमाले भएको बताए । उनले युवाहरुलाई रोजगार उन्मुख गराउन एमालेले विभिन्न प्रकारका अवसरहरु प्रदान गर्दै आएको बताउँदै आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन युवाहरुलाई आह्वान गरे ।
युवा संघ नेपाल क्षेत्रीय कमिटीका संयोजक केशव रोकाको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य लिला गिरी, एकराज बिक, प्रदेश कमिटी सदस्य भोजप्रसाद श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष शिवराज सुवेदी, जिल्ला उप–सचिव गोपाल राना लगायतले बोलेका थिए ।
एक सय युवाहरू एमालेमा प्रवेश
