बुटवल, । धुम कला केन्द्र बुटवलको आयोजनामा चान्समा डान्सको सिजन टु हुने भएको छ । पहिलो सिजन सफलताका साथ सम्पन्न गरेको धुम कला केन्द्रले लुम्बिनी अञ्चल स्तरीय नृत्य प्रतियोगिता बैशाख २३ गते रुपन्देहीको भैरहवाबाट अडिसन गर्दै दोस्रो सिजनको सुरुवात गर्नेछ । कला केन्द्रले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय स्तरमा भएका प्रतिभाको खोजी गर्ने र लोक संस्कृितलाई जगर्ने, प्रबद्र्धन र संरक्षका गर्ने उद्देश्यले चान्समा डान्सको सिजन टु को सुरुवात गर्न लागेको बताएको हो । केन्द्रका सञ्चालक माइकल देव दर्लामीले लुम्बिनी अञ्चलका विभिन्न स्थानमा अडिसन पछि असोज ७ गते फाइनल हुने बताए । भैरहवामा बैशाख २३ गते, कपिलबस्तुको गोरुसिङ्गेमा बैशाख ३० गते, भलबारीमा जेठ ६, गते, पाल्पा तानसेन जेठ १३ गते, गुल्मी तम्घास जेठ २० गते, अर्घाखाँची सन्धिखर्क जेठ २७, गते बुटवल असार ३ गते र नवलपरासी बर्दघाट असार १० गते अडिसन हुने धुम कला केन्द्रले जनाएको छ ।
१ हजार बढीले सहभागिता जनाउने अपेक्षा गरिएको चान्समा डान्स नृत्य रियालिटो सो को सिजन २ मा विजेताले १ लाख रुपैयाँ सहित विभिन्न पुरस्कारहरु प्राप्त गर्ने सञ्चालक दर्लामीको भनाइ छ । प्रतियोगितामा जुन सुकै उमेर समूहकाले प्रतिस्पर्धा गर्न सक्नेछन् । ५० प्रतिशत जर्ज र ५० प्रतिशत भोटिङ्गबाट विजेताको टुंगो लगाइने बताइएको छ । करिव १५ लाख रुपैयाँ खर्च अनुमान चान्समा डान्स सिजन टु को रियालिटी सो गरिएको छ ।
‘चान्समा डान्स’ सिजन टु हुने
