बुटवल, । रूपन्देहीका दुई व्यवसायी संघबीच शनिबार एकता भएका छ । सिद्धार्थ निर्माण सामग्री व्यवासी संघ र रूपन्देही हार्डवेयर व्यवसायी संघबीच एकता भएको हो । भेलाले रूपन्देही सिद्धार्थ निर्माण व्यवसायी संघ गठन गरेको छ । एउटै उद्देश्य रहेका दुई संघका व्यवासायीहरूलाई बलियो बनाउन एकता गरिएको व्यवसायीहरूले बताएका छन् ।
सो अवसरमा बोल्दै रूपन्देही हार्डवेयर व्यवसायी संघका जेष्ठ व्यवसायी राज्य र उत्पादकले हामीप्रति हेर्ने दृष्टिकोण राम्रो नभएको भन्दै यसलाई सुधार गर्न आवश्य रहेको बताए । कार्यक्रममा अभिवक्ता महेन्द्र पाण्डे, व्यवसायी महावीर अग्रहरी, व्यवायी मनिष रूङ्गटा, नेपाल निर्माण सामग्री, विक्रेता संघ पश्चिमाञ्चलका उपाध्यक्ष रामचन्द्र पाण्डे र नारायण पोखरेल लगायतले बोल्दै व्यवसायीबीच एकता आवश्यकता रहेकोले दुई संगठनको एकता भएको बताए । सिद्धार्थ निर्माण सामग्री व्यवासी संघका अध्यक्ष मदुसुदन आचार्य र रूपन्देही हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुनील मरासिनीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विष्णु बरालले गरेका थिए ।
भेलापछि भएको अधिवेशनले आगामी कार्यकालकालागि साविक रुपन्देही हार्डवेयर व्यबसायी संघका अध्यक्ष सुनिल मरासिनीलाई अध्यक्ष पदमा निर्बिरोध निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा राजेश खरेल, प्रथम उपाध्यक्षमा वेधानीधी रिजाल, द्वितीय उपाध्यक्षमा विष्णुबहादुर बराल, महासचिवमा शिवप्रसाद बस्याल, सचिवमा शैलेन्द्रराज अमात्य र कोषाध्यक्षमा धर्मराज आचार्य निर्बिरोध निर्वाचित भएको छन् । त्यस्तै २५ सदस्यीय समितिको सदस्यहरुमा रामु भण्डारी, निर्मल शर्मा, फर्सुराम पन्त, केशव सुवेदी, अनुप भट्टराई, मोहम्मद एजाज इराकी, अर्जुन कार्की, रमेशप्रसाद नेपाल, राममुर्ति महतो, षडानन्द शर्मा, रामप्रसाद अर्याल, ज्ञानेन्द्र कार्की, पृयबन्धु न्यौपाने, मणीप्रसाद पराजुली, हिमलाल चापागाई र मणी पंगेनी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
दुई व्यवसायी संघबीच एकता
